Wed May 18 2022
आर्थिक

वित्तीय क्षेत्र सुधार्न विश्व बैंकले ११ अर्ब दिने

काठमाडाैँ । संघीयताको स्थिर मार्ग सुनिश्चित गर्दै समावेशी र समृद्ध भविष्य निर्माणका लागि विश्व बैंकले १० करोड अमेरिकी डलरको चौथो वित्तीय क्षेत्र स्थिरता विकास नीति कर्जा अनुमोदन गरेको छ ।

अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री डा. युवराज खतिवडा र विश्व बैंक समूहको कार्यकारी निर्देशकहरुको बोर्डले नेपालका लागि आगामी पाँच वर्षको कन्ट्री पार्टनरसिप फ्रेमवर्क (सिपिएफ) मा छलफल गरेपछि यो स्थिति बनेको हो।

उक्त सहयोगको उद्देश्य वित्तीय क्षेत्रको मध्यकालीन सुधार कार्यक्रमलाई अझ विस्तार गर्न सघाउनु हो ।