काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालय धुम्बाराहीमै रहने भएको छ । नेकपाको बिहीबार बसेको सचिवालय बैठकले नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमै राख्ने निर्णय गरेको हो ।
बैठकले पेरिसडाँडामा जनसंगठन र विभागका कार्यालय राख्ने निर्णय गरको छ । त्यस्तै पार्टीको स्थायी समितिको बैठक भदौ ८ र ९ गते बस्ने निर्णय समेत गरेको छ ।