बद्री पन्त/ जाजरकाेट
जाजरकोट र रुकुमको सिमाना क्षेत्रमा पर्ने नलगाढ नगरपालिका १२ को ठूलीबगरमा पहिरो जाँदा भेरी नदी थुनिएको छ ।
लगातारको वर्षापछि नदी माथिबाट आएको चट्टानसहितको पहिरोले नदी थुनिएको हो ।
नदी करिव २ मिनेट थुनिएपछि नदीमा जमेको पानी निकास हुँदा नदी आसपास रहेका जाजरकोटतर्फका तीन घर बगेका छन् भने दर्जन बढी घरमा क्षति पुगेको छ ।
पहिरो खस्दा नदीमा जमेको पानी अझै पूर्ण रुपमा निकास भइनसकेको हुँदा नदी आसपासका वस्ती उच्च जोखिममा रहेका छन् । नदीले पु¥याएको क्षतिको विषयमा विस्तृत विवरण आउँन बाँकी रहको छ ।