काठमाडौं । हुम्लाको हिल्सामा मनाङ एयरको हेलिकोप्टरको पंखाले लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।
पंखाले लागेर भारतीय नागरिक नगेन्द्रकुमार कार्तिकको मृत्यु भएको हुम्लाका प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।
अपरान्ह सवा ३ बजे प्यासेन्जर ओराल्दै गर्दा पछाडिपट्टीको पंखाले लागेर मृत्यु भएको हो ।