काठमाडौं । १८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा नेपाल जापानसँग १–० ले पराजित भएको छ ।
मंगलबार इण्डोनेसियाको सिकाराङस्थित विबावा मुक्ति रंगशालामा भएको समुह चरणको पहिलो खेलमा नेपाल जापानसंग पराजित भएको हो ।
खेलको सातौ मिनेटमा जापानका मितोमा कावरुले गरेको गोल खेलमा निर्णायक बन्यो ।
नेपालका गोलकिपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गर्दै नेपाललाई फराकिलो अन्तरबाट पराजित हुनबाट बचाए ।
पछिल्लो संस्करणमा सन् २०१४ मा दक्षिण कोरियामा भएको एसियाली खेलकुदमा नेपाललाई जापानले ४–० गोल अन्तरले हराएको थियो ।
नेपालले अब समुह चरणमा अन्तर्गत भियतनाम र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।