रुकुम . बेपत्ता भएको कुनै नागरिक जिउँदै छु भनेर फर्किएमा कर बुझाउनुपर्ने भएको छ। रुकुम पूर्व र पश्चिमका स्थानीय तहहरूले कुनै व्यक्ति जीवित रहेको प्रमाणित गर्न कर उठाउन थालेका छन् ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले यसबापत पाँच सय रुपैयाँ कर तोकेको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिकाले उक्त शीर्षकमा दुई सय रुपैयाँ कर तोकेको समाचार नयाँ पत्रिका दैनिकमा छ।
दुवै जिल्लाका सबै स्थानीय तहले यो शीर्षकमा धेरथोर कर तोकेका छन्। सिस्ने गाउँपालिकाकी अध्यक्ष कुमारी बरालले भनिन्, ‘हो, कुनै नागरिक बेपत्ता भएको छ र जीवित छु भन्दै फर्किएमा प्रमाणित गर्न गाउँपालिकालाई शुल्क बुझाउनुपर्छ।’