नयाँ कानुनमा प्रेसलाई यस्तो अंकुश

काठमाडौं । मुलुकी ऐन प्रतिस्थापन गरी भदौ १ गतेदेखि लागू हुन लागेको मुलुकी फौजदारी संहिताका गोपनीयता र गाली बेइज्जतीसम्बन्धी महलका प्रावधानले सञ्चार माध्यममाथि कडा अंकुश लगाउने भएको समाचार आजको कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ ।
आमसञ्चारका कुनै पनि माध्यमबाट प्रकाशित सामग्रीले कसैको गोपनीयता भंग गरेमा वा त्यसबाट कसैको गाली बेइज्जती भएको ठहर भएमा पत्रकाररसम्पादक र प्रकाशकलाई तीन वर्षसम्म जेल सजाय हुने व्यवस्था ऐनले गरेको छ । संहिताको २९३ देखि ३०८ सम्मका दफामा समेटिएका प्रावधानले प्रेस स्वतन्त्रतामा गम्भीर आँच आउने देखिएको हो ।
दफा २९३ मा कसैको कुरा सुन्ने वा ध्वनि अंकन गर्ने कार्यलाई गोपनीयताविरुद्धको कसुरका रूपमा परिभाषित गरिएको छ, जसमा दोषी ठहर भए दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने ऐनमा उल्लेख छ । ‘कसैले दुई वा दुईभन्दा बढी व्यक्तिका बीचमा भएका कुनै कुरा अधिकार प्राप्त अधिकारीको अनुमतिले वा त्यसरी कुरा गर्ने व्यक्तिको मञ्जुरीबिना कुनै यान्त्रिक उपकरणको प्रयोग गरेर सुन्न वा त्यस्तो कुराको ध्वनि अंकन गर्न हुँदैन,’ दफा २९३ मा भनिएको छ ।
सार्वजनिक सरोकारका गुप्त सूचनाको उत्खनन गर्ने अनुसन्धानमूलक प्रकृतिको खोजी पत्रकारितालाई यो प्रावधानले पूरै निस्तेज पार्ने उल्लेख गर्दै यसलाई हटाउनुपर्ने माग पत्रकार तथा सञ्चार संस्थाले उठाएका छन् । त्यस्तै दफा २९४ ले गोप्य कुरा प्रकट गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान राखेको छ । ‘कसैले आफ्नो व्यावसायिक कामको सिलसिलामा कुनै व्यक्तिबाट थाहा पाएको निजको कुनै गोप्य कुरा कानुनले बाध्य गराएको वा त्यस्तो व्यक्तिले अनुमति दिएको अवस्थामा बाहेक कसैलाई पनि प्रकट गर्नु हुँदैन’ भन्ने उक्त दफाको प्रावधानले प्रकाशमा नआएका सूचना बाहिर ल्याउन सञ्चारमाध्यमलाई सीधै बाधा पुर्याउन सक्ने देखिन्छ ।
अनुमतिबिना तस्बिर खिच्ने कामलाई पनि ऐनको दफा २९५ ले गोपनीयताविरुद्धको कसुर मान्दै दुई वर्षसम्म कैदको सजाय तोकेको छ । प्रेस स्वतन्त्रताको दृष्टिले सार्वजनिक सरोकारका अधिकांश तस्बिर खिच्न पाउनु प्रेसको अधिकार हो तर नयाँ कानुनी प्रावधानले त्यसलाई कटौती गर्ने देखिन्छ ।
-
फुटबलमा नेपाललाई स्वर्ण, भुटान २-१ ले पराजित
-
सैन्य विमान दुर्घटना, ३८ जनाको मृत्यु
-
सनिलको जीतसँगै नेपालले ५० औं स्वर्ण जित्यो
-
कर्मचारीले सांसदलाई हराए
-
ओखलढुंगाको टोड्केमा जीप दुर्घटना : १० जना घाइते दुईको अवस्था गम्भीर
-
साग समापनः प्रधानमन्त्रीले भिडियोमार्फत् सम्बोधन गर्ने
-
१३औं सागमा नेपाललाई ४९ स्वर्ण पदक : गौरिकाले एक्लै बनाइन ४ स्वर्णको किर्तीमानी
-
साग अन्तर्गत आज १३ खेलमा प्रतिस्पर्धा हुँदै
-
भ्रमण वर्ष सुरु हुन २२ दिन बाँकी : पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीमको तयारी
-
मनाङमा जापानका नागरिक मृत फेला
-
साग फुटबलः माल्दिभ्सलाई हराउँदै नेपाल अंक तालिकाको शिर्ष स्थानमा
-
सीमा विवाद कुटनीतिक पहलबाटै समाधान हुन्छः नेकपा अध्यक्ष प्रचण्ड
-
१३ औं साग अपडेट : २९ स्वर्णसहित नेपालको अग्रता कायमै, २७ स्वर्णसहित भारत दोस्रो
-
उपनिर्वाचनमा आत्मघात नभएको नेकपाको निष्कर्ष
-
गढीमाईमा मेला भर्न जाँदा यातायात अस्तव्यस्त
-
कक्षा १२ को नतिजा सार्वजनिक
-
कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी
-
लोडसेडिङ गराउनेहरु फेरी सक्रिय हुदै : कुलमान घिसिङ
-
सिभिल होम्सको घर किन्दा पीडै पीडा, नयाँ किन्नेलाई यस्तो सुझाव (भिडियाे सहित)
-
बौद्धिक बर्गलाई नै ठग्यो सिभिल होम्सले, न्याय माग्दा उल्टै प्रहरीको कठघरामा
-
मन्त्रीको हातबाट सिलाई बुनाई मेसिन पाएपछि…
-
सिभिल होम्समा लगानी बालुवामा पानी, सिभिल ग्रुपले यसरी लुट्दै छ ग्राहक
-
दिल्लीका होटलबाट ७४ नेपाली युवतीको उद्धार (भिडियाे सहित)
-
भन्दा अनौठो, सुन्दा झन अचम्म, इमान्दारीताको यो उदाहरण(प्रमाण सहित)
-
कक्षा ११ को परीक्षाफल नतिजा सार्वजनिक
-
फाेर्ब्सको सूचीमा नेपालको सवैभन्दा धनी विनोद चौधरी, ज्ञानेन्द्र शाह १० औं नम्बरमा
-
कम परिणामको तेल बेच्ने पेट्रोल पम्पमा सिलबन्दी
-
सुसाइड भिडियो बनाएर बिदा भए पुडासैनी
-
बिहेका लागि केटा नपाएपछि सामुहिक रूपमा बिहेका लागि अपिल
-
मुलुकलाई कानुन बनाउन चटारो, सभामुखलाई विदेश जान हतारो !
-
फुटबलमा नेपाललाई स्वर्ण, भुटान २-१ ले पराजित
-
साग फुटबलको पहिलो हाफ : नेपाल र भुटान १/१ गोलको बराबरी
-
सैन्य विमान दुर्घटना, ३८ जनाको मृत्यु
-
सनिलको जीतसँगै नेपालले ५० औं स्वर्ण जित्यो
-
साग फुटबलको फाइनल जारी, नेपाल १-० ले अगाडि
-
कर्मचारीले सांसदलाई हराए
-
ओखलढुंगाको टोड्केमा जीप दुर्घटना : १० जना घाइते दुईको अवस्था गम्भीर
-
बुधबारदेखि हिमाली भेगमा भारी हिमपात र पहाडी भेगमा पानी पर्ने सम्भावना
-
विश्व मानव अधिकार दिवसको राष्ट्रपतिद्वारा शुभकामना
-
साग समापनः प्रधानमन्त्रीले भिडियोमार्फत् सम्बोधन गर्ने
-
१३औं सागमा नेपाललाई ४९ स्वर्ण पदक : गौरिकाले एक्लै बनाइन ४ स्वर्णको किर्तीमानी
-
सागमा नेपाली महिला फुटबल टोली भारतसँग स्तब्ध
-
काठमाडौँमा आज बिजोर नम्बरप्लेट भएका सवारी सञ्चालनमा रोक
-
खोटाङमा गाउँपालिका अध्यक्षको गाडीमा आगजनी
-
साग महिला फुटबल– घरेलु मैदानमा स्वर्ण जित्ने अवसर