सिन्धुपाल्चोक । अविरल वर्षासँगै साँधीखोल्चामा आएको बाढीले सिन्धुपाल्चोकको बाह्रबिसे–तातोपानी जोड्ने पुल बाढीले बगाएको छ।
साँधीखोल्चामा आएको बाढी पुलमा थुनिदाँ बाह्रबिसे–तातोपानी जोड्ने पुल बगेको हो। गएराति पुल बगाए पछि बाह्रबिसे– तातोपानी सम्पर्क टुटेको छ।
पुलमा ठूला ढुंगा आएपछि खोला थुनिएर बजारमा पसेको थियो। दुई दिनअघि नगरपालिकाको बाह्रबिसे र खुर्सानीबजार जोड्ने पुल भीरकुना र कोसिनडाँडा हुँदै आउने साँधीखोल्साले क्षतिग्रस्त भएको थियो।
त्यसैगरी पासाङल्हामु राजमार्गमा पर्ने नुवाकोटको त्रिशूली–बेत्रावती खण्डको पुलमा गेर्खु खोलाले सडक कटान गर्दा नुवाकोट र रसुवाको यातायात ठप्प भएको छ।
आइतबार बिहान खोलामा आएको बाढीले विदुर नगरपालिका–१ र विदुर नपा–१० जोड्ने पुलको दायाँबायाँको सडक कटान गरेकाले यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालयले नुवाकोटले जनाएको छ।