Wed Oct 5 2022
समाचार

६० किलो चरेसका साथ २ महिलासहित पाँच पक्राउ

दाङ । प्रहरीले दाङमा दुई दिनको अवधिमा ६० किलो चरेससहित पाँच जनालाई नियन्त्रणमा लिएकाे छ । लमही नगरपालिका–९, अमिलियामा लागुऔषधको कारोबार भैरहेको सूचनाका आधारमा छापा मार्दा ६० किलो चरेससहित तीन पुरुष र दुई महिला पक्राउ परेको जिल्ला प्रहरीले जानकारी दिएको छ।

पक्राउ पर्नेमा मुसीकोट नगरपालिका–११ रुकुुम पश्चिमका ४५ वर्षीय प्रेमबहादुर घर्ती, दार्माकोट गाउँपालिका–५ सल्यानका ३५ वर्षीय डिल्लीराज चन्द, पुथाउत्तरगंगा गाउँपालिका–१ काल्दुङ रुकुम पूर्व घर भई हाल घोराही उपमहानगरपालिका १५ बस्दै आएकी ३० वर्षीया रुपा घर्ती पुन, भूमे गाउँपालिका–२ रुकुम पूर्वकी २७ वर्षीया सपना पुन मगर र ध्रुबजंग बुढा छन् ।