एजेन्सी । कोरियाली युद्धका क्रममा बिछडिएका परिवारको ६५ वर्षपछि संक्षिप्त पुनर्मिलन हुने भएको छ ।
उत्तर तथा दक्षिण कोरियाबीच पछिल्लो केही महिना यता सम्बन्धमा सुधार आएसँगै बिछडिएका परिवारको पुनर्मिलन गर्ने सम्झौता भएको हो । सम्झौताअनुसार आजबाट १ सय ८० कोरियाली परिवारको पुनर्मिलन सुरु भएको कोरियाली अधिकारीले जनाएका छन् । यो पुनर्मिलन तीन वर्षमा पहिलोपटक भएको हो ।
यसपटकको पुनर्मिलन उत्तर कोरियाली भूमिमा हुने बताइएको छ । पुनर्मिलनका लागि निवेदन दिएका ५७ हजार आवेदकमध्येबाट सिमित परिवारलई छनौट गरिएको हो । पुनर्मिलन ११ घण्टासम्मको हुने बताइएको छ ।
कोरियाली पुनर्मिलन निकै भावनात्मक तथा हृदयविदारक हुने गर्छ ।