Mon May 16 2022
आर्थिक

पटके कर उठाईएको भन्दै पानी उत्पादक संघर्ष समितिको आन्दोलन

काठमाडौ । पानी उत्पादक तथा वितरक संयुक्त संघर्ष समितिले आफुहरुसंग पटके कर उठाईएको भन्दै उक्त कर तत्काल फिर्ता नलिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले काठमाडौं उपत्यकाका स्थानीय तहहरुले पानी ट्यांकरहरुमा ठेकेदारीमार्फत अव्यवहारिक तरिकारले पटके कर उठाएको भन्दै उक्त कर तत्काल फिर्ता नलिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् । खानेपानी उद्यमी तथा व्यवसायी संघका अध्यक्ष एवं संघर्ष समितिका संयोजक उज्वल शाक्यले स्थानीय सरकारले मनोमानी ढंगले पानी ट्याङकरमा पटके कर लगाएको भन्दै बिरोध गर्नुभयो ।

त्यस्तै कार्यक्रममा पानी ट्याङ्कर तथा श्रोत व्यवसायी संघका अध्यक्ष उपेन्द्र पाठकले दैनिक उपभोग्य तथा संवेदनशिल बस्तुहरुमा सरकारले कर लगाएर गल्ती गरेको बतउनुभयो ।

संघर्ष समितिमा खानेपानी उद्यमी तथा व्यवसायी संघ, उपत्यका खानेपानी श्रोत तथा ट्यांकर व्यवसायी संघ, पानी ट्यांकर तथा श्रोत व्यवसायी संघ, उपत्यका खानेपानी बोरिङ संघ, नेपाल पानी ट्यांकर तथा श्रोत व्यवसायी संघ र नेपाल वोटल वाटर उद्योग संघ लगायत सहभागी छन् ।