श्रीलंकाविरुद्ध मैदानमा उत्रिंदै नेपाली क्रिकेट टोली

काठमाडौं । मलेसियामा भदौ १३ गतेबाट आयोजना हुने एसिया कप छनोटका लागि तयारीमा रहेको नेपाली क्रिकेट टोलीले आज श्रीलंकामा पहिलो अभ्यास खेल खेल्दैछ । श्रीलंकामा विशेष प्रशिक्षण गर्न नेपाली टोली गत सोमबार नै कोलम्बो पुगेको हो ।
नेपाली टोलीले आज श्रीलंकामा खेल्ने तीन वटा अभ्यास खेल अन्तर्गत आज पहिलो खेल श्रीलंका आर्मी स्पोर्ट्स क्लबको सामना गर्दैछ । तीन वटा अभ्यास खेल पश्चात नेपाली टोली अगष्ट २७ मा श्रीलंकाबाटै मलेसिया प्रस्थान गर्ने छन् ।
एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले खेल्ने छन् । नेपालले दोस्रो अभ्यास खेल ब्लुमफिल्ड क्रिकेट क्लब र तेस्रो अभ्यास खेल कोल्ट्स क्रिकेट क्लबसंग खेल्नेछ ।
आजको खेल श्रीलंका आर्मीको घरेलु मैदान पानागोडामा हुनेछ । श्रीलंका आर्मी क्लब श्रीलंकाको फस्ट क्लास क्लब हो । आर्मीले सन् २००६ को सिजनबाट फस्ट क्लास लिग प्रिमियर ट्रफी खेल्दै आएको छ । तर, श्रीलंका आर्मीले अहिलेसम्म प्रिमियर ट्रफी जित्न सकेको छैन । यस टिममा श्रीलंकाबाट टेष्ट, एकदिवसीय र टी–ट्वान्टी खेलिसकेका खेलाडीको बाहुल्यता रहेको छ । जसका कारण पनि नेपाली खेलाडीहरुको प्रशिक्षण विशेष हुने अपेक्षा गरिएको छ ।
एसिया कप छनोटमा स्थान बनाउने लक्ष्यसहित श्रीलंका पुगेको नेपाली टोलीले बुधबारको खेल पनि आफूहरुका लागि महत्वपूर्ण हुने बताएको छ । अभ्यास खेल भए पनि नेलाली टोली सशक्तरुपमा मैदानमा उत्रिने नेपाली टोलीका कप्तान पारस खड्काले बताए । नेपालबाट १४ खेलाडी श्रीलंका प्रस्थान गरेका थिए भने सीपीएल खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि उत्तैबाट श्रीलंका पुगिसकेका छन् ।
नेपाली टोलीमा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल कुमार शाह, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी र आरिफ शेख छन् । यस्तै सागर पुन, सन्दिप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल पनि टिममा छन् । बैकल्पिक खेलाडीमा किशोर महतो, प्रदिप ऐरी, सुनिल धमला र सुशन भारी छन् ।
एसियाका टेष्ट खेल्ने बाहेक उत्कृष्ट ६ एसोसिएट टोलीले खेल्ने एसिया कप छनोट मलेसियामा अगष्ट २९ देखि सेप्टेम्वर ६ सम्म हुनेछ । जहाँ ओडिआई मान्यता प्राप्त नेपाल र युएईसहित हङकङ, ओमान, सिंगापुर र आयोजक मलेसियाबीच राउण्ड रोविनमा प्रतिस्पर्धा हुनेछ ।
लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबीच फाइनल हुनेछ र त्यस खेलको विजेता सेप्टेम्वरमा युएईमा हुने एसिया कपको लागि छनोट हुनेछ । छनोटको विजेताले एसिया कपको समूह चरणमै भारत र पाकिस्तानसँग खेल्ने अवसर पाउनेछ ।
-
चीनले थप ८ लाख डोज कोरोना खोप उपलब्ध गराउने
-
भारतमा थप ११ हजार ५६३ जनामा कोरोना संक्रमण
-
‘विप्लव’सँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन
-
संकटकाल लगाएपछि इन्धिरा गान्धीले पनि ‘सेन्टिमेन्ट’ लिन ‘सुरक्षा थ्रेट’ को नाटक गरेकी थिइन्
-
प्रवीण बास्तोला हत्यामा संलग्न भएको आरोपमा थप एक जना पक्राउ
-
आर्थिक क्रियाकलापमा भारी वृद्धि, २ महिनामा घट्यो २ खर्ब तरलता
-
अमेरिकामा अहिले सम्म कोरोना संक्रमणबाट ५ लाख २७ हजारको मृत्यु
-
स्यानिटाइजरको सेवनबाट दुई जना वृद्धवृद्धाको मृत्यु
-
पूर्वप्रधानमन्त्री डा.भट्टराई स्वदेश फर्किदै
-
सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा १७ सय घट्यो
-
बाँकेमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु
-
ताप्लेजुङको दोभान बजारमा आगलागी, ३५ घर जलेर नष्ट
-
पूर्वप्रधानमन्त्री भट्टराई स्वास्थ्य परीक्षण सकेर स्वदेश फर्कदै
-
दुईवटा ट्रक ठोक्किँदा दुई जनाको मृत्यु ,दुई घाइते
-
फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजी भ्रष्टाचार मुद्धामा दोषी ठहर
-
माध्यामिक शिक्षा (एसईई) परीक्षा केन्द्रस्तरबाटै हुने
-
बिहिबार आमहड्ताल, के–के खुल्ने, के–के बन्द ?
-
साउथ इन्डियन फिल्ममा डेब्यु गर्दै स्वस्तिमा !
-
नेकपा कसको ? सर्वोच्चले फागुन २० गते निर्णय सुनाउने
-
बाहिर जान उपराष्ट्रपतिलाई बन्देज
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ फागुन १ शनिबार)
-
आजबाट अस्पतालहरुको ओपीडी शुल्क वृद्धि
-
थिर कोइरालासँग विहे गर्दै गायिका अन्जु पन्त
-
भीरकट्यामा अड्किएको अनुसन्धानः दुई जनाले खाएका थिए चाउचाउ
-
खुट्टाको छाला फुटेर हैरान हुनुहुन्छ ? यस्ता छन् घरेलु उपचार विधि
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ २२ विहीबार)
-
भागरथी घटनाको अनुसन्धानमा संलग्न दुई प्रहरी बढुवा, पाँच प्रहरी पुरस्कृत
-
प्रधानमन्त्री ओलीका दुई रणनीति
-
जन्मदिनको पार्टीमा यसरी नाचे पूर्वराजा-रानी (भिडियोसहित)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ २४ शनिबार)