Wed Nov 30 2022
अन्तर्राष्ट्रिय

एक होटेलमा आगलागी हुँदा १८ जनाको ज्यान गयो

एजेन्सी । उत्तरपूर्वी चीनको एक होटेलमा आगलागी हुँदा १८ जनाको ज्यान गएको छ ।

शनीबार सबेरै आगलागी सुरु भएको सिन्ह्वाले जनाएको छ । आगलागी पीडितको उद्धारकार्यका लागि उद्धारकर्मी परिचालन गरिएको जनाइएको छ ।

आगलागीको कारण हालसम्म थाहा हुन नसकेको र त्यसबारे अनुसन्धान भइरहेको सिन्ह्वाले जनाएको छ ।