राष्ट्रियसभा अन्तर्गतका चार समितिमध्ये तीन वटामा उम्मेदवारी, सभापतिहरुका लागि बुधवार निर्वाचन हुँने

राष्ट्रियसभा अन्तर्गतका चार समितिमध्ये तीन वटामा उम्मेदवारी, सभापतिहरुका लागि बुधवार निर्वाचन हुँने
मङ्लबार, भदौ १२, २०७५

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतका चार समितिमध्ये तीन वटामा उम्मेदवारी परेको छ।

विधायन व्यवस्थापन समितिको सभापतिमा पर्शुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा डा रामनारायण बिडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापाको उम्मेद्वारी परेको हो। एकल उम्मेद्वारी परेकोमा तीनै जना निर्वाचित हुने निश्चित छ।

बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन समय तोकिएकोमा दिगो विकास तथा सुशासन समितिमा भने आज कसैले उम्मेदवारी दर्ता गराएनन्। उक्त समितिको सभापतिका लागि भने पुन मनोनयन प्रक्रियाबाट चयन गरिने सचिवालयले जनाएको छ। सभापतिहरुका लागि बुधवार निर्वाचन हुँदैछ।