रजत विजेता नेपाली टोलीलाई नगरपरिक्रमा सहित सम्मान गरिने

काठमाडौं । चार वर्षपछि चीनको हान्जोउमा भेट्ने वाचासहित १८औं एसियाली खेलकुद समापन भएको छ । इन्डोनेसियाको राजधानी जाकर्ताको गेलोरा बुङ कार्नो रंगशालामा १८ औं एसियाली खेलकुदको एक भव्य समारोहबीच समापन भयो । आइतबार भएको भव्य समारोहमा कोरियाका पप स्टार सुपर जुनियर र आइकोनले आफ्नो शानदार प्रस्तुती दिएका थिए । यस्तै भारतीय कलाकार सिद्धार्थ स्लाथियाले पनि आफ्नो प्रस्तुती दिएका थिए । यस्तै इन्डोनेसियन कलाकारहरु इसीयाना सरास्भाती, बुङगा सित्रा लेस्तारी, लिया सिभाजुथाङ, डेनाडा, डिरा सुगान्डी, जेफ्लो र अफगानले आफ्नो प्रस्तुतीमार्फत भरपुर मनोरञ्जन दिएका थिए ।
समापन समारोहमा एसियाली खेलकुदमा सहभागी ४५ देशका खेलाडी, अफिसियल, अतिथि,पत्रकार र दर्शक गरी ५५ हजार उपस्थित थिए । यस्तै समारोहमा इन्डोनेसियाको संस्कृति झल्कने भेषभूषामा स्थानीय खेलाडी, अफिसियल र दर्शक उपस्थित भएका थिए । यस्तै सहभागी देशका खेलाडी तथा अफिसियल मार्च पास गरेका थिए । नेपालको तर्फबाट टेबलटेनिस खेलाडी स्वेच्छा नेम्वाङले झन्डा बोकेकी थिइन् ।
गत १८ अगस्टदेखि आइतबारसम्म इन्डोनेसिया र पालेङबाङमा चलेको एसियाली खेलकुदमा ४५ देशका ११ हजार ३ सय खेलाडीले ४० खेलको ४ सय ५६ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए । यसपटकको एसियाली खेलकुदमा पनि चीनले आफ्नो वर्चश्व जमायो। चीनले १ सय ३२ स्वर्ण, ९२ रजत र ६५ कास्य गरी कुल २ सय ८९ पदक जित्यो। पदक तालिकाको दोस्रो स्थानमा जापान रह्यो। जापानले ७५ स्वर्ण, ५६ रजत र ७४ कास्य गरी कुल २ सय ५ पदक हात पार्यो । दक्षिण कोरियाले ४९ स्वर्ण, ५८ रजत र ७० कास्य गरी जम्मा १ सय ७७ पदक जित्न सफल भयो। चौथो स्थानमा आयोजक इन्डोनेसिया रह्यो। उसले ३१ स्वर्ण, २४ रजत र ४३ कास्य गरी कुल ९८ पदक हात पा¥यो ।
नेपालले भने १ रजत पदक मात्र जित्न सक्यो। नेपालले प्याराग्लाइडिङको पुरुष क्रस कन्ट्री टिम इभेन्टमा रजत जित्यो । यसअघिका एसियाली खेलकुदमा नेपालका लागि पदक जित्दै आएका तेक्वान्दो, कराते र बक्सिङ यसपटक पदकविहीन रहे । नेपाल १२ औं दिनसम्म पदकविहीन बन्नु परेको थियो। यसपटक देखि समावेश गरिएको प्याराग्लाइडिङबाट रजत जित्दा नेपालले २० वर्षपछि दोस्रो रजत जितेको हो । सहभागी ४५ देश मध्ये ३७ देशले मात्र पदक जित्न सफल भए। १ रजत जितेकाले नेपाल पदक तालिकाको ३३औं स्थानमा रह्यो । ८ देशले पदक जित्न सकेनन् ।
सार्क राष्ट्रमा भारतले १५ स्वर्ण, २४ रजत र ३० कास्य गरी जम्मा ६९ पदक जित्न सफल भयो। भारत पदक तालिकाको आठौं स्थानमा रह्यो। एसियाली खेलकुदमा यो भारतको सबैभन्दा राम्रो प्रदर्शन हो। पाकिस्तानले ४ कास्य जित्दा अफगानिस्तानले २ कास्य जित्यो। अन्य सार्क देश श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सले पदक जित्न सकेनन् । समारोहमा सन् २०२२ को एसियाली खेलकुद आयोजना गर्ने चीनको होन्जाउ प्रान्तका प्रमुखलाई एसियाली खेलकुदको झन्डा हस्तान्तरण गरिएको थियो ।
यसैबीच एसियाडमा रजत जित्न सफल भएको नेपाली टोलीलाई भव्य स्वागतसहित नगर परिक्रमा गराई पुरस्कार प्रदान गरिनेछ । राष्ट्रिय खेलकुद परिषद्ले यस अघि नै घोषणा गरे अनुरुप पदक विजेता प्याराग्लाइडिङ टोलीलाई नगद ५ लाख सहित पुरस्कार प्रदान गरिनेछ ।
एसियाडमा २० बर्षपछि रजत पदक दिलाएको प्याराग्लाइडिङ टिमका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदले पहिलो चरणमा ५ लाख दिने भएको हो । एसियाडमा पदक जित्ने खेलाडीलाई परिषद्ले नगद पुरस्कार दिने नियम अनुसार खेलाडलाई जनहि ५–५ लाख दिने भएको हो । परिषद्को नियममा एसियाडको समुहगत स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई जनही १० लाख, रजत जित्नेलाई ५ लाख र कास्य जित्नेलाई ३ लाख दिने घोषणा गरेको थियो ।
सोही नियम अनुसार परिषदले विजेता खेलाडी नेपाल फर्किएको दिन नै नगरपरिक्रमा गरेर राष्ट्रिय खेलकुद परिषद्को प्रांगणमा खेलाडीलाई सम्मान गरिनेछ । राखेपले पदक विजेता नेपाली खेलाडीलाई ५ लाख, प्रमुख प्रशिक्षकलाई ३ लाख, सहायक प्रशिक्षकलाई एक लाख ५० हजार र संघलाई ५ लाख दिने भएको छ । एसियाडमा पहिलो पटक सहभागिता जनाएको प्याराग्लाडिङमा नेपालले रजत जितेर नेपाललाई पदक विहीन हुनबाट जोगाएको हो ।
-
कुवेतमा अवैध बसेका श्रमिकलाई स्वदेश फर्किने समय एक महिना थप
-
त्रिकोणात्मक क्रिकेट आजबाट, नेपाल र नेदरल्याण्ड्स भिड्दै
-
प्रधानमन्त्रीको आह्वानमा आज बालुवाटारमा सर्वदलीय बैठक
-
अबको एक साता देशव्यापी रुपमा बदली र वर्षा जारी रहने
-
मुख्यमन्त्री बन्ने कँडेलको चौथो प्रयास पनि असफल
-
विश्वभर ११ करोड ९३ लाख कोरोना भाइरस संक्रमित निको
-
जर्मन चान्सलर मर्केलले लगाइन् कोरोनाविरूद्धको खोप
-
भारतमा एकैदिन २ लाख ३३ हजारमा कोरोना भाइरस संक्रमण
-
इंग्लिस प्रिमियर लिगमा एभर्टन र टोटेनहमको बराबरी
-
मौसमः आइतबारसम्म नै असिनापानीको सम्भावना
-
कोरोना भाइरस संक्रमितको संख्या पछिल्लो चार महिनाकै उच्च
-
असिनाले तरकारी नष्ट
-
ओलीको निम्तो प्रचण्डबाट अस्वीकृतः बालुवाटार होइन, सिंहदरबारमा भेटौं
-
कर्णालीमा ओलीको असफल प्रहार : फ्लोर क्रसको तरंग केन्द्रमा
-
तीन सय स्थानका सडकमा मेलम्चीको पानी चुहावट
-
दिनभरि माछा मारेर २ सय पनि नकमाउने लछुमन माझीलाई जब साढे ५ करोड कर छली गरेको पत्र आयो…
-
काठमाडौँमा प्रदुषण : जोरबिजोर प्रणाली लागू गर्नेदेखि विद्यालय बन्द गर्नेसम्मको तयारी
-
फेरि होला लकडाउन ?
-
अब दलालीमार्फत घरजग्गा कारोबारमा प्रतिबन्ध
-
सर्वोच्च अदालत परिसरभित्र नै दुई अधिवक्ताबीच कुटाकुट
-
अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टिनमा राखिने
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ चैत्र ५ विहीबार)
-
चिनियाँ ठेकेदार पक्ष र मजदुरबीच कुटाकुट हुँदा ६ घाइते
-
रेड पाण्डाको सात थान छालासहित सोलुखुम्बुबाट तीन जना पक्राउ
-
मंगलबारदेखि ४ दिन देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय
-
एमसीसी सम्झौता अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
-
डढेलो १० वर्षयताकै उच्च : फायर फाइटिङ हेलिकप्टर ल्याउन दुई अर्ब माग
-
जबरजस्ती सम्बन्धबाट बसेको ८ महिनाको गर्भ फालेपछि…
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ चैत्र १९ बिहीबार)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ चैत्र ११ बुधबार)
-
कुवेतमा अवैध बसेका श्रमिकलाई स्वदेश फर्किने समय एक महिना थप
-
त्रिकोणात्मक क्रिकेट आजबाट, नेपाल र नेदरल्याण्ड्स भिड्दै
-
प्रधानमन्त्रीको आह्वानमा आज बालुवाटारमा सर्वदलीय बैठक
-
अबको एक साता देशव्यापी रुपमा बदली र वर्षा जारी रहने
-
मुख्यमन्त्री बन्ने कँडेलको चौथो प्रयास पनि असफल
-
विश्वभर ११ करोड ९३ लाख कोरोना भाइरस संक्रमित निको
-
जर्मन चान्सलर मर्केलले लगाइन् कोरोनाविरूद्धको खोप
-
भारतमा एकैदिन २ लाख ३३ हजारमा कोरोना भाइरस संक्रमण
-
इंग्लिस प्रिमियर लिगमा एभर्टन र टोटेनहमको बराबरी
-
मौसमः आइतबारसम्म नै असिनापानीको सम्भावना
-
कोरोना भाइरस संक्रमितको संख्या पछिल्लो चार महिनाकै उच्च
-
असिनाले तरकारी नष्ट
-
ओलीको निम्तो प्रचण्डबाट अस्वीकृतः बालुवाटार होइन, सिंहदरबारमा भेटौं
-
कर्णालीमा ओलीको असफल प्रहार : फ्लोर क्रसको तरंग केन्द्रमा
-
तीन सय स्थानका सडकमा मेलम्चीको पानी चुहावट