Mon Nov 28 2022
समाचार

राधाले प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या गरेको रहस्य खुल्यो

अर्घाखाँची । प्रेमीसँग मिलेर श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेको रहस्य खुलेको छ । भदौ १८ गते सोमबार सन्धिखर्क नगरपालिका १२ बस्यालटोला नजिकै बोरामा फालेको अवस्थामा भेटिएको शव श्रीमतीले आफ्नो प्रेमीसँग मिलेर श्रीमानको हत्य गरी फालेको खुलासा भएको हो ।

कपिलवस्तु बाँणगंगा ७ धैरेनीडाँडा निवासी ३३ वर्षिया राधा घर्तीमगरले प्रेमी रुकुम घर बताउने रमेश विकसँग मिलेर ३६ वर्षीय श्रीमान धनबहादुर घर्ती मगरको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्या गरेर बोरामा बाँधेर जंगलमा फालेको राधा र उनको माइती परिवारले स्वीकार गरेको जिल्ला प्रहरी कार्यलयकाले जानेको हो ।

शव भेटिएको दुई दिनपछि कपिलवस्तुको बाँणगंगा ७ धैरेनीडाँडा बस्ने धनबहादुरको शव हुन सक्ने भन्दै गत मंगलबार राति राधालाई जिल्ला अस्पतालमा देखिएको थियो । तर राधाले आफ्नो श्रीमान नभएको भनि फर्किइन्। प्रहरीले ‘राम्रोसँग हेर्नुस् हुन सक्छु’ भन्दा ‘मेरो श्रीमानलाई मैले भन्दा अरु कस्ले चिन्न सक्छ’ भनी उनी घर फर्केकी थिइन्।

राधामाथि शंका लगेर फेरी प्रहरीले राधालाई बोलाएर शवको बारेमा अनुसन्धान सुरु गर्‍यो । प्रहरीले राधालाई हिरासतमा राखेर अनुसन्धान गर्दा उनले आफ्ना प्रेमीले हत्या गरेको खुलासा गरिन्। हत्या गरेर बोरामा बाँधेर फालेको उनले स्वीकार गरिन्।