Sun Nov 27 2022
समाचार

झन् जवान महसुस भइरहेछः राष्ट्रकवि घिमिरे

काठमाडौं । राष्ट्रकवि माधव घिमिरे आइतबार १००औँ जन्मदिन मनाउँदैछन्। १००औँ जन्मदिनको अवसरमा घिमिरे काठमाडौं लैनचौरस्थित निवासमै विशेष पूजामा सहभागी भएका छन्।

१००औँ जन्मदिन मनाइरहँदा उनले भने ‘म सय वर्ष बाँचेकै जनताको आशीर्वाद र मायाले हो। सबैको मायाले झन् जवान भएको अनुभूति भइरहेको छ।’ जीवनका आरोह अवरोहमा धर्मपत्नी महालक्ष्मीले बिनास्वार्थ स्याहार सुसारगरेकीले आफू यो अवस्थामा आइपुगेको उनले बताए।

घिमिरे लमजुङको पुस्तुनमा वि.सं. १९७६ असोज ७ गते पिता गौरीशङ्कर र माता द्रौपदीका जेठा छोराका रूपमा जन्मिएका थिए। राष्ट्रकवि घिमिरेकी धर्मपत्नी महालक्ष्मी ८४ वर्ष लाग्दैछिन्।

उनले भने, ‘आफू सय वर्ष पुगेकोभन्दा श्रीमती ८४ पुगेको कुराले बढी हर्षित छु। राष्ट्रकविलाई शुभकामना दिन केहीबेरमा राष्ट्रपति विद्यादेवी भण्डारी लैनचौर पुग्ने कार्यक्रम छ।