Mon Nov 28 2022
मुख्य खबर

दशैं मनाउन प्रधानमन्त्री ओली झापा जाने

काठमाडौं । यस वर्षको दशैं मनाउन प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा जाने हुनुभएको ।
प्रधानमन्त्री झापा जाने भएपछि सुरक्षा व्यवस्था कडा बनाउन थालिएको छ ।

सवारी चेकजाँचदेखि सीमा क्षेत्रमा हुने आवतजावत र ओसारपसारमा समेत कडाई गरिएको झापा प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री ओली कात्तिक १ गते झापा जाँदैहुनुहुन्छ । विगतका वर्षमा जस्तै चियापान समारोहलाई निरन्तरता दिन र शुभकामना आदनप्रदान गर्न प्रधानमन्त्री गृहजिल्ला जान लाग्नुभएको हो ।