प्रविधिको प्रयोगमा फड्को मार्दै चलचित्र क्षेत्र

प्रविधिको प्रयोगमा फड्को मार्दै चलचित्र क्षेत्र
सोमवार, मंसिर २४, २०७५

काठमाडौं । प्रविधिको भरपूर प्रयोगले पछिल्लो समय सवैभन्दा फड्को मारेको क्षेत्र हो–चलचित्र क्षेत्र । त्यसो त प्रविधिको प्रयोगविना कुनै पनि काम सहज बन्दैन । नयाँ नयाँ प्रविधिको विकाससँगै मानिसहरुले पनि सोही प्रविधिको अनुशरण तथा प्रयोग गर्न थालेका छन् । जसका कारण उनीहरुको काम एकातिर सहज बनेको छ भने अर्कोतिर यही प्रविधिकै प्रयोगले गुणस्तरमा पनि व्यापक सुधार आएको देखिन्छ ।

अर्थ, व्यापार, राजनीतिमा मात्र नभएर सवैभन्दा बढी प्रविधिको प्रयोग चलचित्रमा हुन्छ । जसका कारण मानिसको कल्पनाभन्दा बाहिरको विषयवस्तुलाई सहज र दर्शककले पत्याउने अवस्था समेत बनिरहेको छ । यसको ज्वलन्त उदाहरण हुन्– हलिउड, बलिउड चलचित्र ।

त्यसो त चलचित्र चलाउनको लागि विज्ञापन पहिलो शर्त पनि हो । यसमा कसैको दुईमत छैन । चलचित्रबारे जानकारी दिन तथा हलसम्म दर्शक तान्नका लागि चलचित्रका विषयमा पूर्वजानकारी दिनु पर्छ नै । प्रतिस्पर्धाको जमानामा मानिस एक्लैल सवै काम एक्लै गर्नु असम्भवप्रायः छ नै । यस्तो अवस्थामा प्रविधिको प्रयोग अत्यन्तै लाभदायी सावित हुँदै गएको पनि छ ।

पहिले पहिलो पोस्टर टासेर चलचित्रको प्रचार प्रसार गरिन्थ्यो । अहिले पोस्टरको जमाना विस्तारै विलय हुँदैछ । सवैको हात हातमा मोबाइल र इन्टरनेशको सहज व्यवस्था छ भने भित्ताका पोस्टर कस्ले हेर्ने ? त्यस्तै सांगीतिक कन्सर्ट पनि दर्शक तान्न मद्धत पुग्छ । सांगीतिक कन्सर्टमा पनि प्रविधिकै बढी प्रयोग हुन्छ ।

सांगीतिक कन्सर्टबाट दर्शक बटुल्ने तरिका भने पुरानै हो । अहिले चलचित्रको प्रोमो तथा ट्रेलर युट्युवमा अपलोड गरेर ‘बुष्ट’ गर्दै फेसबुकमा सेयर गरिन्छ । यसले छोटो समयमा त्यसको पुहुँच धेरै मानिसमा पुग्छ । तर, यसरी गरिएको खर्च विदेशमा पुग्ने र नेपालीको पैसाले फेसबुकको भण्डार भरिने काम बाहेक केही हुँदैन । यसो भन्दैमा यसको परिणाम निस्किंदैन भन्ने भने होइन किनकी प्रविधिको विकास गर्नेले आफ्नो सेवा उपयोग गरेवापत दस्तुर त लिने नै भयो नि । होइन भने कि त हामी स्वाभलम्वी बन्नु प¥यो अन्यथा परजिवि बन्दा निम्तिने परिणाम यही हो ।

यही माघ २४ गते रिलिज हुने चलचित्र ‘न यता न उता’ टोलीले पनि प्रविधिको प्रयोगमा व्यापकता देखाएको छ । उसले भाइबर स्टिकर प्याक प्रस्तुत गरेको छ । नेपाली सिनेमाको प्रचारमा ‘न यता न उता’ले यस्तो फण्डा पहिलो पटक गरेको हो । हाँस्य प्रधान कथामा निर्माण भएको सिनेमामा दुई युवाको जीवनमा आइपर्ने संकटलाई दर्शाइएको छ ।

यो सिनेमा अहिले बनेका हाँस्य सिनेमा भन्दा फरक रहेको निर्माण टिमको भनाइ छ । चलचित्रमा ऋचा शर्मा ,समिर दिक्षित, छुल्ठिम गुरुङ्ग, मिराज रोश, राजाराम पौडेल, बुद्धि तामाङ्ग, रविन्द्र झा, कमलमणी नेपाली, जयनन्द लामा, लुनिभा तुलाधर, सिल्सा जिरेल र नम्रता सापकोटा लगायतका कलाकराके मुख्य भुमिका रहेको छ । यो सिनेमालाई मिराज रोश र बिशारद बस्नेतले मिलेर निर्देशन गरेका हुन् ।

भाइबरले नेपालमा पहिलो पटक नेपाली सिनेमाको स्टिकर प्याक प्रस्तुत गरेको हो । यसको औपचारिक शुरुवात २०७५ मंसिर २० गतेका दिन सिनेमा ‘न यता न उता’को निर्माण टिमले स्टिकर प्याक उपलब्ध गराएपछि गरिएको छ । ‘न यता न उता’को भाइबरको स्टिकर अब बजारमा सजिलै पाउन सकिने निर्माण टिमले जनाएको छ ।

यसका साथै दर्शकले ‘न यता न उता’को भाइबर स्टिकर प्याक आफ्नो मोवाइलमा डाउनलोड गरेर सिनेमामा कलाकारहरुसँग सिधै च्याटमा कुरा गर्न सक्ने छन् । भने दर्शक कलाकारहरुसँग सिनेमाको प्रमोशनमा जाने र उहाँहरुका साथ डिनर खाने तथा सिनेमाको फ्रि टिकटहरु पाउने ब्यावस्था समेत निर्माण टिमले गरेको छ ।