मनाङलाई पछ्याउँदै थ्रीस्टार, उक्लियो दोस्रो स्थानमा

मनाङलाई पछ्याउँदै थ्रीस्टार, उक्लियो दोस्रो स्थानमा
आइतवार, पुस १, २०७५

काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार भएको खेलमा जित हात पार्दै उपाधिको दाबेदाबर टोली थ्रीस्टार दोस्रो स्थानमा उक्लिएको छ । अपराजित रहेको मनाङ अहिले सम्म खेलका सबै ८ खेल जित्दै शीर्षस्थानमा रहेको छ । थ्री स्टारले एकमात्र खेल मनाङसँगै गुमाएको थियो । रञ्जित धिमालको गोलमा शनिबार मछिन्द्र क्लबलाई १–० ले हराउँदै थ्री स्टारले मनाङलाई पछ्याई रहेको छ ।

२१ अंकसहित थ्री स्टार दोस्रो स्थानमा उक्लिदा समान अंकको सिमएमजी क्लब संकटा तेस्रो स्थानमा झरेको छ । अन्तिम ५ चरणको खेल बाँकी रहँदा उपाधि होड भने रोमाञ्चक बनिरहेको छ । हलचोकस्थित शसस्त्र प्रहरी बलको मैदानमा शनिबार भएको दास्रो खेलमा थ्री स्टार क्बलले मच्छिन्द्रलाई हराएको हो । खेलको १२ औं मिनेटमा रञ्जित धिमालको पेनाल्टी गोलनै खेलको निर्णायक बन्यो । नीराजन खड्काको प्रहारमा पेनाल्टी बक्स भित्र रहेका मच्छिन्द्रका रक्षक अन्जन देवकोटाको ह्यान्ड भएपछि थ्री स्टारले पेनाल्टीमा गोल गरेको थियो । रञ्जितको पेनाल्टी प्रहारमा मच्छिन्द्रका गोलकिपर दीप कार्कीले सहि जज गरेपछि बलमा हातमा लाग्दै गोल भएको थियो ।

रञ्जित जारी लिगमा उच्चकर्ता हुन् । आठौं चरणको खेलमा आइपुग्दा उनको गोल संख्या ७ पुगेको छ । मनाङ मस्याङ्दीका अन्जन विष्ट्को नाममा ५ गोल छ ।थ्री स्टारले थप केहि गोलको अवसर पाएको थियो । तर सफल हुन सकेन । २१ औं मिनेटमा थ्री स्टारका सुनिल बलको कर्नरमा रञ्जन विष्टको हेड विपक्षी गोलकिपरले रोके । त्यस्तै २८ औं मिनेटमा अनिल गुरुङले हेड गरेको बल गोलमा परिणत हुन सकेन । ३५ औं मिनेटमा अवाङ अलबर्टको शक्तिशाली प्रहारलाई विपक्षी गोलकिरले पन्च गरे । त्यसअघि आजै भएको पहिलो खेलमा दस खेलाडीमा सिमिति च्यासल युथ क्लबले ब्रिगेड ब्वाइज क्लबलाई २–० ले हराएको थियो ।

यसैबीच, शनिबार नै भएको अर्को खेलमा सहिद स्मारक ए डिभिजन लिगमा च्यासलेले युथ क्लवले चौथो जित निकालेको छ । च्यासलले ब्रिगेड ब्वााइजलाई दुई शुन्य गोलले हराएको छ । हलचोक स्थित सशस्त्र प्रहरीको मैदानमा भएको खेलको पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । पहिलो हाफमा पनि च्यासलले दुई वटा राम्रा मौकाको सदुपयोग गर्नसकेन । जसका कारण उसले पहिलो हाफ बराबरीमा चित्त बुझायो ।

४१ औं मिनेटमा सन्तोष साउखलको प्रहारले सहि दिशा लिन सकेन भने पहिलो हाफको इन्जुरी समयमा पाएको अर्को मौकामा ब्रिगेड ब्याइजका गोलकिपर सागर राया बाधक बने । तर दोस्रो हाफमा उसले दुई गोल ग¥यो । खेलको ५० औं मिनेटमा च्यासलले गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरीएपछि उसले अग्रता बनाउने मौका गुमायो । ६५ औं मिनेटमा सन्तबहादुर गुरुङको गोल मार्फत च्यासलले अग्रता बनायो । त्यसपछि ८१ औं मिनेटमा उसले अन्तर दुई शुन्यमा लम्ब्यायो । जसमा च्यासलका लागि सञ्जोक राईले गोल गरे ।

८६ औं मिनेटमा रेफ्रिसँग विवाद गरेको भन्दै सन्तोष साउखललाई रातो कार्ड दिइयो । जसका कारण च्यासल १० खेलाडीमा झर्न पुग्यो । तर त्यसको फाइदा ब्रिगेड ब्याइजले उठाउन सकेन र च्यासलले तीन अंक जोड्यो । जितसँगै च्यासलले आठ खेलबाट १३ अंकसहित लिगको ११ औं स्थानमा उक्लिएको छ ।