एडिभिजन लिगः थ्रीस्टारको उपाधि यात्रामा धक्का

एडिभिजन लिगः थ्रीस्टारको उपाधि यात्रामा धक्का
बिहिबार, पुस ५, २०७५

काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिगमा नबौं खेलमा थ्रीस्टार क्लवले त्रिभुवन आर्मीसँग बराबरी खेलपछि उपाधि यात्रामा ठूलो धक्का लागेको छ । सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा थ्रीस्टार आर्मीसँग एक एक गोलको बराबरीमा रोकियो । त्यसो त थ्रीस्टारले एक गोलको अग्रता जोगाउन सकेन ।

खेलको ११ औं मिनेटमा थ्रीस्टारका रञ्जन विष्टको प्रहार पोष्टमाथिबाट बाहिरीयो । १६ औं मिनेटमा थ्रीस्टारले अर्को मौका पाएको थियो । तर मार्टिन्सको प्रहारले सहि दिशा लिन सकेन । ३३ औं मिनेटमा आर्मीका सुनिल बलले गरेको उत्कृष्ट प्रहारलाई रञ्जि धिमालले बचाए । ३८ औं मिनेटमा आर्मीका सन्तोषको प्रहार पोष्ट नजिकैबाट बाहिरीयो । त्यसपछि इन्जुरी समयको अन्तिममा आर्मीका टंक बस्नेतको प्रहारले पनि सहि दिशा लिन सकेन । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा थ्रीस्टारले अग्रता बनायो ।

७० औं मिनेटमा निराजन खड्काले मार्टिन्सको पासमा गोल गर्न सफल भए । त्यसपछि आर्मीले खेलको अन्तिम समयमा गोल गर्दै बराबरी ग¥यो । उसका लागि जर्ज्प्रिन्स कार्कीले गोल गरे । बराबरीपछि थ्रीस्टारलाई उपाधि यात्रामा ठुलो धक्का लागेको छ । लिगमा पहिलो बराबरी खेलको थ्रीस्टारले २२ अंकका साथ तेस्रो स्थानमा नै छ ।

यसैबीच, बुधबार भएको अर्को खेलमा नेपाल पुलिस क्लव ब्रिगेड ब्वाइजसँग एक एक गोलको बराबरीमा रोकिएको छ । सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा पुलिस विरुद्ध ब्रिगेड ब्वाइजले खेलको ५ औं मिनेटमा नै अग्रता बनायो । उसका लागि रितीस खड्काले गोल गरे । पुलिसका गोलकिपर अर्पनको गल्तिको फाइदा उठाउदै ब्रिगेड ब्वाइजले खेलमा अग्रता लियो । १० औं मिनेटमा काजिमको प्रहार पुलिसका गोलकिपरले बचाए ।

त्यसपछि पुलिसले खेलमा फर्कन निकै प्रयास गरेपनि सफल भएन । पहिलो हाफमा एक गोलले पछि परेको पुलिसले ७५ औं मिनेटमा खेल बराबरीमा पु¥यायो । उसका लागि हेम तामाङको पासमा अभिशेख रिजालले गोल गरे । खेल बराबरी भएको अवस्थामा ७७ औं मिनेटमा ब्रिगेड ब्वाइजका गोलकिपरले गरेको गम्भिर गल्तिको फाइदा पुलिसले उठाउन सकेन । त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र पुलिसले बराबरीमा चित्त बुझायो । जारी लिगमा पुलिले तेस्रो बराबरी खेल्दै १५ अंक बनाएको छ । यता ब्रिगेड ब्वाइजको ५ अंक छ ।