लेखनाथ महोत्सवको उद्घाटन आज, सगरमाथ टेलिभिजनबाट प्रत्यक्ष

लेखनाथ महोत्सवको उद्घाटन आज, सगरमाथ टेलिभिजनबाट प्रत्यक्ष
बिहिबार, पुस ५, २०७५

कविराज खनाल/भुपाल गुरुङ

काठमाडाैं ।  गण्डकी प्रदेशको आर्थीक, समाजिक, कृषि र पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने विश्वासका साथ आजबाट लेखनाथ महोत्ससवबाट शुरु हुँदैछ । पुस १६ गतेसम्म चल्ने महोत्सव विगतभन्दा पृथक थप आकर्षक हुने आयोजकको दाबी छ ।

सुन्तला महोत्सवबाट सुरु भएको लेखनाथ महोत्सवलाई महोत्सवको पनि महोत्सवका रुपमा चिनाउदै एउटै थोलोमा उत्पादक देखि उपाभोक्ता सम्मको जमघट गराउने र उत्पादकत्व बृद्धि गर्दै उत्पादित बस्तुको वजारीकरणमा सहयोग पुग्ने लेखनाथ उद्योग बाणीज्य संघले गरेको छ ।

महोत्सव लेखनाथको–संस्कृती, स्थानिय उत्पादन, विकास र समृद्धि भन्ने मुल नाराका साथ गर्न लागिएको महोत्व अबधिभर तीन लाख दर्शकले मेला अवलोकन गर्ने र करिव १५ करोड रुपैंया वरावरको आर्थीक कारोबार हुने अपेक्षा गरिएको छ ।

महोत्सवमका आकर्षणमा शिरोमणि लेखनाथ पौडेलको सम्मानमा देशव्यापी खुल्ला कविता प्रतियोगिता, लुकेको प्रतिभाको खोजी अभियान अन्तर्गत गण्डकी तारा गायन, विधामा राष्ट्रिय ख्याती प्राप्त कलाकारको दैनिक प्रस्तुती, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी, मातृशक्तिको सम्मानमा रत्यौली गित प्रतियोगिता, युवाहरुको लागि म्याुजिक कन्सर्ट, विद्यालय स्तरिय नृत्य प्रतियोगिता र स्थानिय उत्पादन तथा कृषि प्रदशनी, शैक्षिक प्रदर्शनी, सुचना प्रविधि आदि महोत्सवका आकर्षणका रुपमा रहने छन ।

महोत्सवबाट बचत हुने रकमले कृषि उपज खरिद विक्रि केन्द्र निमार्ण गर्ने, प्रदर्शनी स्थलको स्तरउन्तनी र अन्य सामाजिक क्षेत्रका काममा खर्च गरिने उद्योग बाणीज्य संघले जनाएको छ । महोत्सव स्थललमा बिभिन्न प्रकारका करिव तीन सय ५० वटा स्टल छन् ।

संघका प्रथम उपाध्यक्ष छत्रधर आत्रेय, महासचिव भरतकुमार अधिकारी तथा नेपाल पत्रकार महासंघ कास्की शाखाका सचिव रामपसाद तिमल्सेना लगायताले महोत्सवलाई सफल पार्न सवैको साथ र सहयोग आवस्यक रहेको भन्दै ऐक्यवद्धताका लागि आह्वान गरेका छन् । महोत्सवको उद्घाटन कार्यक्रम सगरमाथा टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने छ ।