३३ हजार रुपैयाँ घुससहित बन कार्यालयका कर्मचारी पक्राउ

३३ हजार रुपैयाँ घुससहित बन कार्यालयका कर्मचारी पक्राउ
बिहिबार, पुस ५, २०७५

म्याग्दी । म्याग्दीको बेनीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बन कार्यालयका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।

बेनपा ७ स्थित मंगलाघाट सब डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत राजकुमार ठाकुरलाई घुस बापतको ३३ हजार रुपैयँ“सहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा स्थित कार्यालयले जानकारी दिएको छ ।

ठाकुरले बिना पुर्जी ट्याक्टरमा राखेर निकासी गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको काठ सम्बन्धी मुद्दा मिलाइदिने बाहनामा लिएको घुस रकम सहित नियन्त्रणमा लिइएको बताइएको छ ।