राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालबाट बिदा कटौती गरेकोमा सरकारको ध्यानाकर्षण

राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालबाट बिदा कटौती गरेकोमा सरकारको ध्यानाकर्षण
बिहिबार, पुस ५, २०७५

काठमाडौ । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालले क्रिसमसमा दिइदै आएको सार्वजनिक बिदा कटौती गरेकोमा सरकारको ध्यानाकर्षण गराएको छ ।

बिहिवार काठमाडौंमा महासंघले पत्रकार सम्मेलन गरेर क्रिसमसको दिन अर्थात पुस १० गते (डिसेम्बर २५) लाई सरकारी बिदा दिन सरकारसग माग समेत गरेको छ ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष सिबी गहतराजले ३० लाख नेपाली ख्रीष्टियनहरुको भावनामाथि प्रहार हुनेगरि सरकारले बिदा कटौती गरेको आरोप लगाउनुभयो ।