बिग ब्यासमा आज सन्दीप प्रदर्शन कस्तो रहला ?

बिग ब्यासमा आज सन्दीप प्रदर्शन कस्तो रहला ?
शुक्रबार, पुस ६, २०७५

काठमाडौं – आज नेपाली चर्चित क्रिकेटर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले ‘बिग बास लिग’ क्रिकेटमा पहिलो खेल खेल्दैछ ।

आज दिउँसो २ बजे सुरु हुने उक्त खेलमा के आफ्नो टीमलाई जिताउन सन्दीपले मौका पाउछन् त रु आज हुने उक्त रोमान्चक खेलमा सन्दीपले आफ्नो क्षमता प्रदर्शन गर्नेछन् ।आफ्नो टिमको पहिलो खेलमा नै सन्दीपले डेब्यु गर्ने सम्भावना निकै रहेको बताइएको छ ।

मेलबर्नको विदेशी खेलाडीमा वेष्ट इन्डिजका ड्यान ब्राभो र नेपालका सन्दीप लामिछाने मात्रै रहेकाले सन्दीपले आज खेल्न पाउने सम्भावना रहेको हो ।आज सन्दीपको टिम मेलबर्न स्टार्सले क्यानबेरामा आज सिड्नी थन्डरविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।