दाङमा बस दुर्घटना हुदाँ मृत्यु हुनेको संख्या २२ पुग्यो, १५ जना घाईते

दाङमा बस दुर्घटना हुदाँ मृत्यु हुनेको संख्या २२ पुग्यो, १५ जना घाईते
शनिबार, पुस ७, २०७५

सुशील बस्नेत/दाङ । कृष्णसेन ईच्छुक पोलि टेक्निकल ईष्टीच्युट घोराही दाङको शैक्षिक भ्रमणका लागि सल्यान गएको वस फर्कन क्रममा दुर्घटनमा परि मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

बसमा सवार १५ जना घाईते छन् । हिजो साँझ तुलसीपुर सल्यान सडक खण्डको तुलसीपुर उप महानगरपालिका ३ राम्री भन्ने स्थानमा बा ४ ख ९७६६ नं. को बस सडकबाट ७ सय मिटर तल खसेको थियो । १६ जनाको घटना स्थलमा र बाँकी ७ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु भएकाहरु ५ जनाको सनाखत समेत भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।

सनाखत हुनेमा घोराही ३ का ३२ बर्षीय मदन केसी, घोराही १७ का बसका चालक २८ बर्षीय प्रदीप घिमिरे, दगिशरण १ का ३० बर्षीय सन्जीप रत्गैया, भुमे गाउपालीका ६ पुर्वि रुकुमका २८ बर्षीय नरेश वली, घोराही १४ का १७ बर्षीय विजय जिएम रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि घाईते १५ जनाको नेपालगंज रिफर गरिएको छ ।