पार्टीभित्रका कमजोरी सुधार्न महासमिति बैठकले महत्वपूर्ण योगदान पु¥याउने कांग्रेसका वरिष्ठ नेता पौडेलको दावी

पार्टीभित्रका कमजोरी सुधार्न महासमिति बैठकले महत्वपूर्ण योगदान पु¥याउने कांग्रेसका वरिष्ठ नेता पौडेलको दावी
आइतवार, पुस ८, २०७५

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रका कमजोरी सुधार्नका लागि महासमिति बैठकले महत्वपूर्ण योगदान पु¥याएको दावी गर्नुभएको छ ।

गृहजिल्ला तनहु“को दमौलीमा आईतवार सञ्चारकर्मीसँगको भेटघाटमा वरिष्ठ नेता पौडेलले महासमिति बैठकले पार्टीभित्रको कमजोरीलाई चिरफार गरी एकताको बाटोमा हिडाउन सहयोग पु¥याएको बताउनुभयो । महासमिति बैठकबाट पारित विधान विश्वका राजनीतिक दलको विधान भन्दा उत्कृष्ट भएको पौडेलको दावी छ ।

राजनीतिक पार्टीमा तलदेखि माथिसम्म समावेशी बनाएर लैजान बनेको विधान कांग्रेस पार्टीभित्रको आत्मविश्वासको प्रतीक भएको बताउनुभयो । नेपाली कांग्रेसभित्र अब कुनै नेताको मनोमानी नचल्ने भन्दै नेता पौडेलले विधानले पार्टीलाई पूर्ण लोकतान्त्रिक बाटोमा हिडाउँने बताउनुभयो ।