बागलुङको सिगानामा सुन्तला उत्सव सुरु

बागलुङको सिगानामा सुन्तला उत्सव सुरु
आइतवार, पुस ८, २०७५

प्रदिप पन्थ/बागलुङ । बागलुङको सिगानामा सुन्तला उत्सव सुरु भएको छ ।

कृषिलाई ब्यबसायीक करण गर्दै कृषकलाई आर्थिक समृद्ध गराउने उदेश्यका साथ सुन्तला उत्सव सञ्चालन गरिएको हो । उत्पादित सुन्तलालाई बिक्रि गर्न सहज बनाउने गरि गणेश ब्यबसायीक कृषि सहकारी संस्था लिमिटेडले तेस्रो सुन्तला उत्सव आयोजना गरेको छ ।

उत्सवमा स्थानिय किसानले उत्पादन गरेका सुन्तलाहरु बिक्रि एवं प्रर्दशनमा राखिएको छ । उत्सव अवलोकनको लागि सहभागी भएकाहरुलाई निशुल्क सुन्तला वितरण समेत गरिएको आयोजक समितिका अध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।

बागलुङ नगरपालिकाले सिगानालाई सुन्तला जोन बनाउने योजना अनुसार पुरानो सुन्तलाको बोट काटेर नयाँ बोट लगाउने अभियान थालिएको वडा अध्यक्ष जीतबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

बागलुङमा सबैभन्दा बढी सुन्तला खेती गर्ने सिगानाले प्रत्येक बर्ष ८० लाख भन्दा बढीको सुन्तला बिक्रीवितरण गर्दै आएको छ ।