सन्दीपको प्रदर्शन कस्तो रहला ? 

सन्दीपको प्रदर्शन कस्तो रहला ? 
सोमवार, पुस ९, २०७५

काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने अहलि अस्ट्रेलियाको बिग बास लिग खेलिरहेका छन् । पहिलो खेलमा दुई विकेट लिएर शानदार सुरुवात गरेका सन्दीप सोमबार आफ्नो दोस्रो खेलमा मैदानमा उत्रिंदैछन् ।

बिग बास लिग अन्तर्गत सोमबार सन्दीप सामेल मेलबर्न स्टार्स होबर्ट हुरिकेनसँग खेल्दैछ । पहिलो खेलमा हार ब्यहोरेको मेलबर्न तालिकाको पुछारमा छ । होबर्टमा हुने यो खेल नेपाली समयअनुशार विहान साँढे १० बजे हुनेछ ।

पहिलो खेलमा बर्षा भएपछि डकवर्थ लुइस नियममा १५ रनको पराजय भोगेको मेलबर्न पहिलो जीतको खोजीमा हुनेछ । हुरिकेनले भने पहिलो खेलमा ब्रिसबेन हिटमाथि जीत निकालेको थियो । पहिलो खेलमा दुई विकेट लिएका लेगस्पीनर सन्दीप लामिछानेको दोस्रो खेलमा पनि महत्वपूर्ण भूमिका रहनेछ ।

एकपछि अर्काे ब्यवसायिक लिगमा व्यस्त सन्दीपले बिग ब्यासमा विश्वस्तरका उत्कृष्ट ब्याट्सम्यानहरुको सामना गरिरहेका छन् । सन्दीपले शुक्रबार क्यान्बेरामा सिड्नी थन्डर्सविरुद्ध मेलबर्न स्टार्सबाट डेब्यु गरे । सन्दीपका विषयमा अष्ट्रेलियन क्रिकेट बोर्डले पनि निकै बखान गरेको छ ।