बाजुरामा हवाइजहाजभन्दा जीपको भाडा महँगो !

बाजुरामा हवाइजहाजभन्दा जीपको भाडा महँगो !
बुधबार, पुस ११, २०७५

-लक्ष्मण जाेशी

यातायातका साधनमा संसारमा सबै भन्दा महँगो हवाइजहाज र सस्तोमा रेल पर्दछ । बाजुराको कोल्टीबाट मार्तडी सम्मको सडकको दुरी ३७ किलोमिटर रहेकोछ ।

सो रुटमा चल्ने जीप व्यवसायीले कोल्टी बाट मार्तडी सम्मको जीप भाडा प्रति यात्रु १२००। अक्षेरुपी एक हजार दुइ सय र सोही दुरीमा मार्तडी बाट कोल्टी आउने यात्रुहरु बाट प्रति यात्रु रु १०००। अक्षेरुपी एकहजार अशुली गरि रहेकाछन । कोल्टी बाट नेपालगंजको हवाई दुरी ८५ नटिकल माइल (प्रति नटिकल माइल १.८५२ किलोमिटर ) नेपालगंज बाट कोल्टीको हवाई दुरी १५७.४२ किलोमिटर रहेकोछ । कोल्टी देखि नेपालगंजको हवाई भाडा ५,३२५। अक्षेरुपी पाँच हजार तिन सय पच्चीच रहेकोछ । हवाई जहाजको प्रति किलोमिटर भाडा रु ३३.८२ पैंशा पर्न आँउछ भने जीप भाडा प्रति किलोमिटर रु ३२.४३ पैंशा यात्रुहरुले तिरीरहेकाछन । समय,सुविधा र सुरक्षाको हिसावले हवाईजहाजको यात्रा भन्दा जीप भाडा महगों देखिन्छ । हवाई जहाज र जीप भाडाको अन्तर रु १.३९ रहेकोछ ।

२०७४ माघमा कामको शिलशिलामा दानसाँगु बाट मार्तडी जाने क्रममा काउण्टरमा टिकट काँटन जाँदा प्रशासनले तोकेको भाडा दर रु ७००। नलिएर रु १०००। तिर्नु पर्दा एउटा सचेत नागरिकका हैसियतले त्यो कुरा बाहिर ल्याँउदा स्थानिय र राष्ट्रिय समाचार बने पश्चात त्यसको एक हप्तामा प्रशासनको रोहबरमा भाडादर रु ७००। नै कायम भयो र हजारौं यात्रु ठगिन बाट बचे तर मलाई त्यो कुरा बाहिर ल्याए बापत समितिले काउण्टर र जीप व्यवसायीलाई गाडी चढ्न नदिनु भन्ने निर्देशन गरे पश्चात फागुन देखि असार सम्म चारपटक हिडेर यात्रा गरेको थिए । मलाई हिडेको देखेर कयौं सचेत व्यक्तिले सो कुरा बाहिर ल्याएर दुःख पाँउनु भयो नल्याउनु पथ्र्यो भनेर सुझाव दिनु भयो । यो बर्ष पनि जीप व्यवसायीको त्यहि मनोमानीका कारण हजारौ यात्रु ठगिएको देखेर बिभिन्न सुचनाका आधारमा यो आलेख तयार पारेकोछु ।

व्यवसायको धर्म नाफा कमाउनु हो तर नाफा कमाउने नाममा बाजुराका जीप व्यवसायले दैनिक हजारौ यात्रुलाई लुटिरहेकाछन भने नेपाल सरकारको नीति नियमको पुर्ण रुपमा बेवास्ता गरेको देखिन्छ । जसको प्रमाणका रुपमा मैले टिकट,फोटो र चलानी समेत पोष्ट गरेकोछु ।

बुदा नं १.अघिल्लो महिना बाजुरामा दुर्घटना बढेको भनेर जिल्ला प्रशासन,जिल्ला प्रहरी र व्यवसायीको रोहबरमा जीपको पछाडीको दप्तर हटाउने र पछाडी यात्रु नराख्ने सहमति भए पश्चात अघिल्लो बर्ष कायम गरेको भाडा दरमा बृद्धि गरि कोल्टी मार्तडी भाडा दर रु ८००। कायम गरिएको थियो ।

बुदा नं २. जीप व्यवसायी र समितिले हिजोआज दप्तर हटाएको निहुँमा यात्रुहरु बाट कोल्टी बाट मार्तडी सम्म अगाडीको सिटमा बस्ने प्रति यात्रु बाट रु १२००। र मार्तडी बाट कोल्टी सम्म प्रति यात्रु रु १०००। अशुली गरिरहेकाछन । पछाडीको सिटमा बस्ने यात्रु बाट बार्गेनिगका आधारमा रु ८०० बाट हजार सम्म अशुली गरिरहेकाछन । एउटै दुरीमा आँउदा र जाँदाको भाडा दर फरक छ भने सरकारी भाडा दर कार्यान्वयन भएको पाँइदैन ।

बुदा नं ३.कोल्टी मार्तडी चल्ने जीपमा पछाडी यात्रु नराखेको कुनै जीप भेटिदैन । कोल्टी काउण्टरमा अगाडी बस्ने र पछाडी बस्नेको लिष्ट नै फरक बनाइदो रहेछ । मार्तडीमा पछाडी यात्रु राख्नु परेमा बाहुली बाट गाडी फर्काउने,कोल्टी बाट पछाडी बसेर गएका यात्रुलाई बाहुली वा मालिका मन्दिरमा ओराल्ने गरिन्छ । कोल्टी बजारमा हाँकी हाँकी पछाडी यात्रु राखेर जीप दौडिरहेको देख्न सकिन्छ ।

बुदा नं ४.अहिले कोल्टी मार्तडी रुटमा दुई वटा समितिका जीप संचालनमा रहेकाछन । काउण्टरमा बस्ने स्टाफले यात्रु बाट भाडा उठाउने टिकट माग्दा टिकट दिन मान्दैनन् दिए पनि टिकटको ओसि पनि राखेको भेटिदैन र चलानीमा यात्रुको नाम पनि लेखेको भेटिदैन । टिकट दिदा रिर्जव लेखेर दिने वा रिर्जवमा आएको भनेर भन्नु होला भनेर पढाँउछन । संयोग बस जीप दुर्गघना भएमा यात्रुका आफन्तले कानुनी रुपमा बिमा लगायतका सेवा शुल्क दाबी गर्ने आधार के हुन सक्छ ?

बुदा नं ५.यदि रिर्जव हो भने रिर्जव गरे बापत राज्यलाई कर तिर्नु पर्छ तर कर तिरेको देखिदैन ।

बुदा नं ६. काउण्टरमा बस्ने कर्मचारीले प्रति यात्रु जीप व्यवसायी बाट रु १००। अशुली गरेको भेटिन्छ तर समितिले सडक सुधार,यात्रु प्रतिक्षालय,शौचालय,यात्रु संग गरिने व्यवहार र टिकटलाई व्यवस्थित गरेको पाँइदैन । हिजोआज कोल्टी मार्तडी दैनिक २० देखि २५ वटा जीप ओहोर दोहोर गरिरहेकाछन । औषतमा समितिले दैनिक २०,०००। उठाइरहेकोछ ।

बुदा नं ७. मार्तडी कोल्टी ओहोर दोहोर गर्दा जीपले रु २२००। देखि रु २५००। सम्म तेलमा खर्च हुन्छ भने ड्राइभर र स्टाफको खर्च जोडने हो भने दैनिक खर्च रु ३०००। हुन आँउछ । तर जीपले प्रति ट्रिप रु ८०००। भन्दा कममा जान मान्दैनन,भने प्राय जसो जीपले दिनमा २ ट्रिप गर्ने गरेकाछन ।

बुदा नं ८. मार्तडी जीप काउण्टर र जिल्ला प्रहरी कार्यालयको दुरी १०० मिटरको फरकमा छ भने कोल्टीमा इलाका प्रहरी कार्यालय र काउण्टरको दुरी ५० र ३०० मिटरको दुरीमा रहेकोछ । तर जीप व्यवसायी र समितिको यो मनोमानीलाई स्थानिय प्रशासनले देखेको नदेखेझै गरिरहेकोछ ।

बुदा नं ९.कोल्टी मार्तडी सडकमा दैनिक सयौं सर्वसाधारण,नेता,कार्यकता,जन प्रतिनिधि,सरकारी तथा गैह् सरकारी संघसंस्थाका कर्मचारीहरु ओहोर दोहोर गरिरहेकाछन । नेता,जनप्रतिनिधि र कर्मचारीहरुको टिकट भाडा राज्यका निकाय र गैह् सरकारी निकायले भुक्तानी दिने भएकोले उहाँहरुलाई खाली टिकट मागेर आफ्नै टेबुलमा भरेर कार्यालयमा पेश गरेपछि पैंशा पाइने हुनाले हो की ? कहिल्यै भाडाको बिषयमा बोलेको सुनिदैन ।

बुदा नं १०. अन्त्यमा मार सर्बसाधारण जनतालाई नै परिरहेकोछ जो आफ्नो गुजारा गर्नका लागि भारतको कालापहाड ज्याला मजदुरी गर्न जाने र कमाएर आएका उनै सर्बसाधारण लुटिरहेकाछन । लुटिने सबै पार्टीका मतदाता र राज्यका करदाता पनि हुन । अधिकारको बारेमा कुरा उठाए बापत हजुरहरुको चुलो बलिरहेकोछ तर बाजुरामा जीप व्यबसायीको मनोमानीको बारेमा कसैले कुरा उठाएको पाँइदैन ।

निष्कर्षः स्थानीय,प्रदेश र संघको चुनाव पछि मार्तडीको खुला मञ्चमा बिजय सभामा संघिय माननीय लाल बहादुर थापा,प्रदेश माननिय बलदेब रेग्मी र माननिय प्रकाश शाहले बोलेका कुराको अडियो म संग अहिले पनि सुरक्षित छ । सबैको मन्तब्यको निचोड बाजुराको गरिवी न्यूनीकरण गर्ने, भष्ट्राचारका सवालमा शुन्य सहनशिलता अपनाउने,रोजगारी सृजना गर्ने आदि ।

हजुरहरुले जिम्वेवारी सम्हालेको एक बर्ष पुरा भयो । स्थानिय तहका जनप्रतिनिधि पछिल्लो चुनावका लागि स्रोत जम्मा गर्न लागि सके । विकास गर्ने नाममा अग्लो डाँडा देख्यो कि डोजर प्रयोग गरेर सडक खनि हाल्ने,ढुङ्गो ठडयाएको,धजा लगाएको र पाति फालेको ठाँऊ देख्ने बित्तिकै पर्यटन प्रबद्र्धनका लागि मन्दिर बनाइहाल्ने सोचले उहाँहरुको कार्यकालमा भगवानको जनसंख्या अत्यधिक बृद्धि हुने देखिन्छ । जस्तै अघिल्लो बर्ष बुढीनन्दा नगरपालिकाले ५८ वटा (माणु, मन्दिर, शिवालय, गुम्बा, मस्जिद) र यो बर्ष १८ वटाका लागि पुन बजेट बिनियोजन गरेकोछ । हिन्दु,बौद्ध,मुस्लिम लगायत यस पटक चर्च निमाणमा बजेट बिनियोजन गर्नुले जनतामा धार्मिक र राजनीतिक आस्था बढ्नुको साटो सडकका नाममा भत्काइएका डाँडा संगै जनताका मनहरु भत्किदैछन ।

अघिल्लो बर्ष बुढीनन्दा नगरपालिकाले ३४ वटा सडक निमार्ण गरेको थियो भने यस बर्ष २८ वटाका लागि बजेट बिनियोजन गरेकोछ तर दैनिक सयौं यात्रु ओहोर दोहोर गर्ने कोल्टी मार्तडी सडक प्राथमिकतामा परेको देखिदैन । खनेका सडक गाई बस्तु र गोठालाहरुले प्रयोग गरिरहेकाछन । दशैं बिदामा घर गएका शिक्षक मंसिरको अन्तिम हप्ता सम्म बिद्यालयमा आउनेक्रम जारी छ भने भएका शिक्षक विद्यालयमा पढाउनुको साटो बिभिन्न बैठक र गोष्ठिका लागि जिल्ला बाहिरछन । स्थानिय तहमा रोजगारी नपाएर दुधे बालक बोकेर युवायुवती कामको खोजीमा भारत गइरहेकाछन । शिक्षामा सुधार,रोजगारी सृजना भष्ट्राचार नियन्त्रण गर्न नसके पनि यात्रा गर्दा काउण्टर बाट टिकट लिएर यात्रुले सजिलै यात्रा गर्ने वातावरण बनोस् अस्तु ।

(लेख र तस्वीर लेखकको फेसबुकबाट साभार )