निर्मला हत्याकाण्डका दोषीलाइ सरकारले लुकाएको काँग्रेस सभापति देउवाको आरोप

निर्मला हत्याकाण्डका दोषीलाइ सरकारले लुकाएको काँग्रेस सभापति देउवाको आरोप
बुधबार, पुस ११, २०७५

काठमाडाैँ । पूर्वप्रधानमन्त्री समेत रहेका काँग्रेस संसदीय दलका नेता तथा का“ग्रेस सभापति शेरबहादुर देउवाले निर्मला पन्तको हत्यारा सरकारले नै लुकाएको आरोप लगाएका छन् । संसदको बुधबारको बैठकमा सरकारप्रति निकै आक्रामक बनेका उनले निर्मला पन्तको हत्यारा पक्राउ गर्ने नाममा निर्दोषलाई यातना दिइएको भन्दै आलोचना गरे ।

सरकार नै क्रिश्चियन धर्मको प्रचार गर्ने संस्थाको सहआयोजक बनेको भन्दै उनले के आधारमा सरकार धर्म प्रचार गर्ने संस्थामा सहआयोजक बनेको भन्दै प्रश्न गरे । उनले संघीयता कार्यान्वयनका लागि महत्वुर्ण कानूनहरु सरकारले बनाउन ध्यान नदिएको भन्दै तत्काल कानून संसदमा ल्याउन माग गरे ।

सभापति देउवाले कर्मचारीको वृत्ति विकास नै रोक्ने गरी कर्मचारी समायोजन अध्यादेश नाममा कर्मचारीलाई दुख दिइएको भन्दै कर्मचारीलाई प्रोत्साहन भत्ता दिनुपर्ने बताए । वाइडवढि विमान खरिदमा भएको अनियमितताका विषयमा समेत सरकार गम्भिर नभएको भन्दै उनले सत्यतथ्य बाहिर ल्याउन माग गरे ।

उनले विमान खरिद प्रक्रियामा भएको अनियमितताका विषयमा काँग्रेसले नछाड्ने चेतावनी दिए । उनले सरकारलाई सहयोग गर्न चाहेपनि सरकारकै कारण आफुहरुले सहयोग गर्न नसक्ने जानकारी दिए ।