संसदमा प्रचण्डले भने– समृद्धिको ढोका खुल्न लाग्यो

संसदमा प्रचण्डले भने– समृद्धिको ढोका खुल्न लाग्यो
बुधबार, पुस ११, २०७५

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले संविधान कार्यान्वयन, विकास र समृद्धिको मार्गमा मुलुकलाई लैजाने विषयमा दलहरुबीच साझा सहमतिको आवश्यकता रहेको बताउनुभएको छ ।

सङ्घीय संसद्को बुधबारदेखी अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको बैठकमा उहाँले शान्तिप्रक्रिया र संविधान जारी भइसकेपछि मुलुकलाई विकास र समृद्धिमा लैजानुपर्छ भन्ने सबैको चाहना रहेको र त्यो चाहनालाई पूरा गर्न दलहरुबीच साझा सहमति आवश्यक रहेको बताउनुभयो । उहाले बर्तमान सरकारले संवैधानिक विकास र पूर्वाधार निर्माण तथा छिमेकीसँगको सम्बन्ध विस्तारमा दूरगामी महत्वको काम गरेको उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले अहिले जनताको साझा एजेण्डा विकास र समृद्धि भएको बताउनुभयो । उहाँले राष्ट्रको भौगोलिक अखण्डता र मुलुकको संवेदनशीलतालाई ध्यानमा राखेर दिएको जनताको अभिमतलाई खेर जान हुन्न भन्नेमा आफूहरु सजग र सचेत रहेको बताउनुभयो । उहाले मुलुक स्थीरतातर्फ गएकै कारण मुलुकको समृद्धिको ढोका खोलेको बताउनुभयो ।