प्रदेश ३ का मूख्यमन्त्री पौडेल : पुरानै कार्यशैलीले समृद्ध नेपालको सपना पुरा हुदैन

प्रदेश ३ का मूख्यमन्त्री पौडेल : पुरानै कार्यशैलीले समृद्ध नेपालको सपना पुरा हुदैन
शुक्रबार, पुस १३, २०७५

हेटौँडा । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले समृद्ध नेपालको सपना पुरा गर्न पुरानो कार्यशैलीलाई बदल्नु जरुरी रहेको बताउनुभएको छ ।

प्रदेश नीति तथा योजना आयोगले शुक्रवार हेटौँडामा गरेको प्रदेश योजनाको आधारपत्र सार्वजनिकिकरण कार्यक्रममा बोल्दै उहाँले पुरानै कार्यशैलीले समृद्ध नेपालको सपना पुरा नहुने बताउनुभयो । खल्तिबाट झिकेर ल्याईने योजनाले विकास सम्भव नरहेको भन्दै उहाँले यसको अन्त्य आवश्यक रहेकोमा जोड दिनुभयो थियो ।

कार्यक्रममा प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल, प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँ, परामर्शदाता पिताम्बर शर्मा लगायतले आधारपत्रमा उल्लेख भए अनुसार आगामी दिनमा योजना कार्यान्वयनमा जोड दिनुभएको थियो ।