भोजपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, आठ जना गम्भिर घाईते

भोजपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, आठ जना गम्भिर घाईते
शनिबार, पुस १४, २०७५

वुद्ध तामाङ/भोजपुर । भोजपुर सदरमुकाम नजिकैकोे देउरालीमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चालक सहित आठ जना गम्भिर घाईते भएका छन् ।

भोजपुर सदरमुकामबाट धरानको लागि छुटको को १ ख ३०५९ नम्बरको बस ब्रेक फेल भई पल्टिँदा अरुण गाउँपालिका ३, प्याउलीकी ४९ वर्षिया हेमकुमारी कार्कीको घटनास्थलमै मृत्यू भएको हो । बसमा १६ जना यात्रु सवार थिए ।

दुर्घटनामा किशोर राई, दिलमाया कार्की, विष्णुमाया कार्की, सिताकुमारी राई, गोमा तामाङ, पुष्पबहादुर पौडेल, भुवनसिं तामाङ र बस चालक आशाराम सरदार गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।