सरकारले घोषणा गरेका काममा अदालत तथा बुद्धिजीवी बाटै अवरोध हुन थालेको संचारमन्त्री बास्कोटाको गुनासो

सरकारले घोषणा गरेका काममा अदालत तथा बुद्धिजीवी बाटै अवरोध हुन थालेको संचारमन्त्री बास्कोटाको गुनासो
शनिबार, पुस १४, २०७५

काठमाडौ । सूचना प्रविधि तथा संचारमन्त्री गोकुल बास्कोटाले सरकारले गर्न चाहेका नविन कामहरुमा अवरोध भईरहेको बताउनुभएको हो ।

शनिवार काठमाडौमा भएको कार्यक्रममा मन्त्री बांस्कोटाले सरकारले घोषणा गरेका नविन काम अदालत तथा बुद्धिजीवी भन्नेहरु बाटै अवरोध हुन थालेको गुनासो गर्नुभएको हो । विरोध र अवरोध गर्नेहरुले आफ्नो क्षेत्राधिकार बुझेर काम नगर्दा सरकारालाई काम गर्न अप्ठ्यारो पर्ने गरेको पनि उहा“ले बताउनुभयो ।

डिजिटल नेपालको लक्ष पुरा गर्ने सन्र्दभमा केही अप्ठ्याराहरु श्रृजना हुने गरेको उल्लेख गर्दे उहा“ले विद्युतिय कारोबार सम्बन्धी ऐनहरुलाई सहज बनाउदै लगिने बताउनुभयो ।

सरकारले ५ बर्षे कार्ययोजनाका साथ डिजिटल नेपालको अभियानलाई अघि बढाउने उहाँले उल्लेख गर्नुभयो ।