आहा ! रारा गोल्ड कप फागुनमा

आहा ! रारा गोल्ड कप फागुनमा
आइतवार, पुस १५, २०७५

कास्की । आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको १७ औं संस्करण फागुन ९ गते देखी १८ गतेसम्म हुने भएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति कास्कीको समन्वयमा पोखरा रंङ्गशालाको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा विदेशी र ए डिभिजनका क्लबहरु, पुर्व र पश्चिम क्षेत्र टिमहरु र आयोजक सहारा क्लब पोखराको सहभागिता रहनेछ । प्रतियोगितामा १० टिमको सहभागिता जनाउनेछन् ।
विगत १७ वर्ष देखी निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेश्रो व्याचको एकेडेमीमा १६ जिल्लाका २८ जना बालकहरु आश्रित छन् ।