गुण र दोषका आधारमा समाचार लेख्न उपप्रधानमन्त्रीको आग्रह

गुण र दोषका आधारमा समाचार लेख्न उपप्रधानमन्त्रीको आग्रह
आइतवार, पुस १५, २०७५

काठमाडौ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाम गठबन्धनको चुनावी घोषणापत्र र सरकारको नीति तथा कार्यक्रममा आधारित भएर गुण र दोष केलाइदिन सञ्चार माध्यमसँग आग्रह गर्नुभएको छ ।

आइतबार काठमाडौंमा नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाको २०औँ साधारणसभाको उद्घाटन सत्रमा पोखरेलले साना साना विषयमा पनि निश्चित पूर्वाग्रहका आग्रहका आधारमा समाचार सम्प्रेषण गर्ने गर्दा तथ्यको तोडमोड हुने र जनतासमक्ष सत्य समाचार पुग्न नसक्ने बताउनुभयो । सञ्चार क्षेत्रमा लागेका सत्ता र प्रतिपक्ष हुनु जरुरी नरहेको भन्दै उहाले विषयवस्तु र गुण दोष जाँचेर ठिक र बेठिक लेखिदिन आग्रह गर्नुभयो ।

पोखरेलले निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल, काठमाडौँ तराई दू्रतमार्ग निर्माण जस्ता विषयमा कुनै केन्द्रको आग्रह वा भनाइका आधारमा समाचार नदिई विषयवस्तु बुझेर मात्र समाचार सम्प्रेषण गर्न पनि सुझाव दिनुभयो ।