फाल्गुनन्द गोल्डकपकको खेल तालिका सार्वजनिक

फाल्गुनन्द गोल्डकपकको खेल तालिका सार्वजनिक
सोमवार, पुस १६, २०७५

काठमाडौं । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सम्मानमा प्रत्येक वर्ष फिदिम सपोर्टिङ क्लबले आयोजना गर्दौ आएको फाल्गुनन्द गोल्डकपको दशौं संस्करणको खेलतालीका सार्वजनीक भएको छ । यसपटक प्रतियोगितालाई रुस्लानले मुख्य प्रायोजन गर्ने भएको छ ।

फिदिममा पुस २१ गते देखि ३० गते सम्म आयोजना हुने गोल्डकपको खेलतालीका आइतबार पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको हो । यसपल्टको संस्करण भने जिल्ला फुटबल संघ पाँचथर र फिदिम सपोर्टिङ क्लबले संयुक्त रुपमा आयोजना गर्ने आयोजकले बताएका छन् ।

फाल्गुनन्द गोल्डकपको दशौं सस्करण पुष २१ गतेबाट ३० गते सम्म फिदिममा आयोजना हुँदैछ । एन्फाले यो सिजनमा दिएको समय तालीकाकोे पहिलो गोल्डकप फाल्गुनन्द गोल्डकप हुनेछ । फाल्गुन्नद गोल्डकपमा मोफसलका चर्चित क्लबहरु र ए डिभिजन सहित दश टिमको सहभागीता रहने छ । प्रतियोगितामा ए डिभिजन एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, ब्वाइज युनियन क्लब, फ्रेन्डस क्लब र मोफसलका सुनसरी ११, झापा ११, मोरङ ११, कर्ण सिं सोनाम स्मृति क्लब ताप्लेजुङ, आयोजक फिदिम सपोर्टिङ क्लबको सहभागीता रहने आयोजकले बताएका छन् । भारतको रोयल दार्जी्लिङ पनि सहभागी हुनेछ ।

आइतबार सार्वजनिक भएको खेल तालिका अनुसार २१ गते हुने उद्घाटन खेल झापा ११ र कर्ण सिं सोनाम स्मृति क्लब ताप्लेजुङ बिच प्रतिस्पर्धा हुनेछ । २२ गते मोरङ ११ र आयोजक फिदिम स्र्पो्टिङ क्लबले खेल्ने छन् । २३ गते सिधै क्वाटरफाइनल प्रवेश पाएको एपिएफ र कर्ण सिं सोनाम क्लब र झापा ११ को बिजेताले सेमिफाइनल प्रवेशको लागी प्रतिस्पर्धा गर्नेछन् । २४ गते २२ गते को विजेतासँग त्रिभुवन आर्मी क्लबले सेमिफाइनल प्रवेशको लागी खेल्नेछ । २५ गते सुनसरी ११ र फेन्डस क्लब बिच प्रतिस्पर्धा हुनेछ ।

२६ गते रोयल दार्जी्लिङ भारत र व्याइज युनियन बिच प्रतिस्पर्धा हुनेछ । २७ र २८ गते सेमिफाइनलका खेलहरु हुनेछन । ३० गते फाइनल हुने छ । पूर्वकै प्रतिष्ठित फुटबल प्रतियोगिता फाल्गुनन्द गोल्डकपको दशौं संस्करणको विजेताले उपाधि सहित नगद चार लाख प्राप्त गर्दा उपबिजेताले नगद दुई लाख प्राप्त गर्ने आयोजकले बताएका छन् ।