ए डिभिजन लिगः सरस्वती युथ र एपिएफको जीत

ए डिभिजन लिगः सरस्वती युथ र एपिएफको जीत
मङ्लबार, पुस १७, २०७५

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्र्तगत आज भएका खेलमा सरस्वती युथ क्लब र विभागीय टोली एपिएफले जीत निकालेका छन् । सरस्वतीले च्यासल युथ क्लबलाई दुई–एक गोलअन्तरले हराएको हो भने एपएफीले पुलिस क्लबलाई चार–एक गोल्तरले पराजीत गर्दै शानदार जीत निकालेको हो । घरेलु मैदान हल्चोकमा एपीएफलाई जीत दिलाउन युवराज खड्काले दुई, राजेन्द्र रावल र हरि कार्कीले समान एक–एक गोल गरे । यो जीतसंगै एपिएफ १२ खेलबाट २० अंक जोड्दै तालीकाको पाचौँ स्थानमा उक्लिएको छ । यता, पुलिस भने १८ अंक सहित तालीकाको छैटौँ स्थानमा झरेको छ ।

त्यस्तै आजै भएको अर्को खेलमा सरस्वतीले च्यासल युथ क्बललाई दुई–एक गोलअन्तरले पराजीत गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा च्यासलले सुरुवाती अग्रता जोगाउन नसक्दा हार व्यहोर्नु परेको हो । सरस्वतीलाई जीत दिलाउन मनिष थापा र फ्रान्सिसले समान एक–एक गोल गरे । च्यासलका सजिन मगरले एक गोल गरेपनि जीत दिलाउन भने सकेनन् । जारी लिगमा मनाङ र्मस्याङ्दी क्लब अगावै लिगको च्याम्पियन बनिसकेको भएपनि लिगका प्रतिस्पर्धा भने रोमाञ्चक भईरहेको छन् ।