काठमाडौंमा ‘खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ हुने

काठमाडौंमा ‘खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ हुने
शुक्रबार, पुस २०, २०७५

यही पुस २५ गतेदेखि २८ गतेसम्म काठमाडौंको नैकापमा ‘खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ आयोजना हुने भएको छ ।

न्यू डाईमण्ड स्पोर्टस् क्लवले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही पुस २५ गते बुधबारदेखि ‘न्यू डाइमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ आयोजना गर्न लागिएको जानकारी गराएको हो । न्यू डाईमण्ड एकेडेमीको कोर्टमा हुने प्रतियोगितामा ८ वटा टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक कुमार राईले जानकारी दिनु भयो ।

प्रतिगितामा सहभागी हुने टोलीहरुमा न्यू डाईमण्ड एकेडेमी, नेपाल एपीएफ क्लव, त्रिभुवन आर्मी क्लव, टप्स मावि पोखरा, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, चितवन टाइग्रेस, पारामाउण्ट स्कुल कुलेश्वर र नेपाल पुलिस क्लव रहेका छन ।

प्रतियोगिताको बिजेताले नगद ३ लाख १ हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाण पत्र पाउनेछन । उपविजेतालाई २ लाख १ हजार नगदसहित सिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने पनि प्रतियोगिताका संयोजक राईले जानकारी दिनु भयो ।

त्यसैगरी प्रतियोगितामा तृतीय हुनेलाई नगद १ लाख १ हजारसहित सिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने चौथो हुनेलाई ५१ हजार नगदसहित प्रमाण पत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद १५ हजार पुरस्कार दिने व्यवस्था पनि गरिएको आयोजक संस्था न्यू डाईमण्ड स्पोर्टस् क्लवले जनाएको छ ।