ए डिभिजन लिग:अन्तिम चरणका दुई खेल बराबरीमा सकियो

ए डिभिजन लिग:अन्तिम चरणका दुई खेल बराबरीमा सकियो
शनिबार, पुस २१, २०७५

बीरेन्द्र जैरु । शहीद स्मारक ए डिभिजन लिगमा शनिवार भएका अन्तिम चरणका दुई खेल बराबरीमा सकिएका छन् ।

हल्चोकस्थित एपिएफको मैदानमा सम्पन्न पहिलो खेलमा च्यासलले जावलाखेसँग एक–एकको बराबरी खेलेको छ भने दोस्रामा विभागीय टिम पुलिस सरस्वती युथ क्लबसंग पनि एक–एकको बराबरीमै रोकिएको हो । जावलाखेलका लागि खेलको १०औँ मिनेटमा अर्जुन सिंहले हेड गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर ३२औँ मिनेटमा च्यासलले पेनाल्टीमार्फत गोल गर्दै बराबरी गर्न सफल भयो ।

त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र एक–एकको बराबरीमा खेल सकिएको हो । यो बराबरीसंगै च्यासलको १६ अंक भएको छ भने जाउलाखेलको १३ अंक छ । त्यस्तै पुलिस र सरस्वतीबीच भएको खेलको ४९औ मिनेटमा भिक्टोरको पेनाल्टी गोलमार्फत सरस्वतीले अग्रता बनाएको थियो ।

त्यसपछि ५३औ मिनेटमा पुलिसका रवि पासवानले गोल गर्दै खेल बराबरीमा फर्काएका हुन् । यो बराबरीसंगै पुलिस १२ खेलबाट १८ अंक जोड्दै तालिकाको छैटौ स्थानमा यथावत छ ।

यता, सरस्वती १३ अंक सहित तालिकाको १०औ स्थानमा रहेर लिगको अन्त्य गरेको छ । असोज १३ गतेदेखि सुरु भएको प्रतियोगितामा अहिलेसम्म १२औँ चरणका खेल सकिएका छन् । ११औँ चरणको खेलबाट ए डिभिजन लिगको उपाधि मनाङ मसर््याङ्दी क्लबले जिते पनि १२औँ चरणको नतिजापछि संकटा क्लब लिग उपविजेता बनि सकेको छ ।