डीपीएलमा ६ खेलाडी महंगा सावित

डीपीएलमा ६ खेलाडी महंगा सावित
आइतवार, पुस २२, २०७५

काठमाडौं । धनगढी प्रिमियर लिगका लागि खेलाडीको अक्सन ६ खेलाडीले अधिकतम मुल्य पाएका छन । जसमा आरिफ शेख, ललित भण्डारी, भिम शार्की, पवन सराफ, विनोद भण्डारी र ललित राजवंशी रहेका छन् ।

यसपटक खेलाडी आफैले आफ्नो मूल्य तोक्ने प्रावधान बनाएको अक्सन खुल्ला रुपमा गरिएको हो । जसमा प्रदिप ऐरी अधिकतम दुई लाख ५० हजारमा रुपन्देहीले टिममा भित्र्यायो । उनलाई खरिद गर्न तीन टिम बीच प्रतिस्पर्धा चलेको थियो । यस्तै ललित भण्डारीले पनि दुई लाख ५० हजारमा रुपन्देहीले खरिद ग¥यो । ललितको बेस प्राइस एक लाख ५० हजार र प्रदिपको ५० हजार रहेको थियो ।

यस्तै आरिफलाई महेन्द्रनगरले महंगा रकममा अनुबन्ध ग¥यो । विनोदलाई पनि रुपन्देहीले चिठ्ठाबाट टिममा भित्र्यायोे । यस्तै पवन सराफ २ लाख ५० हजारमा ड्र बाट धनगढीले लियो भने भिम शार्की सोही रकममा ड्र बाट रूपन्देहीले लिन सफल भए । ललित नारायण राजवंशी २ लाख ५० हजारमा काठमाडौंले किनेको हो ।

यसैबीच, डीपीएलको तेस्रो संस्करणका लागि सहभागी फ्रेन्चाइज टोलीहरुले मार्की खेलाडी परिवर्तन गरेका छन् । प्रतियोगितामा विराटनगर किंग्सले पारस खड्का प्रतियोगितामा सहभागिता नजनाउने भएपछि करण केसीलाई मार्की खेलाडी बनाएको छ ।

पछिल्लो संस्करण ‘टिम चौराहा धनगढी’ को नाम रहेको धनगढी यसवर्ष ‘धनगढी स्टार्स’ नामले खेल्नेछ । मार्की खेलाडीमा भने सोमपाल कामीले नै निरन्तरता पाएका छन् । महेन्द्रनगर युनाइटेडमा यस वर्ष विनोद भण्डारीको स्थानमा शरद भेषावकर आएका छन् । शरदले पछिल्लो संस्करण पारीवारिक व्यस्तताका कारण सहभागिता जनाएका थिएनन् ।

यस्तै रुपन्देही च्यालेन्जर्सले सन्न्यास लिएका शक्ति गौचनको स्थानमा वसन्त रेग्मीलाई मार्की खेलाडी बनाएको छ । काठमाडौं गोल्डेन्सले भने राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई निरन्तरता दिएको छ । सीवाईसी अत्तरियाले पनि पछिल्लो संस्कारणझैं दिपेन्द्रसिंह ऐरीलाई नै मार्की खेलाडी बनाएको छ ।