ए डिभिजन लिगको अन्तीम खेलमा त्रिभुवन आर्मी र थ्री स्टार बिजयी

ए डिभिजन लिगको अन्तीम खेलमा त्रिभुवन आर्मी र थ्री स्टार बिजयी
आइतवार, पुस २२, २०७५

काठमाडौ । विभागीय टिम त्रिभुवन आर्मी क्लबले सहज जितसंगै सहिद स्मारक ए डिभिजन लिगको अन्त्य गरेको छ ।

लिगको आफ्नो अन्तिम खेलमा आर्मीले आईतवार मच्छिन्द्र क्लबलाई तीन शुन्य गोल अन्तरले पराजित गरेको हो । हल्चोकस्थित एपीएफ मैदान आर्मीलाई जित दिलाउन कप्तान भरत खवासले दुई गोल गरे । त्यस्तै टंक बस्नेतले एक गोल गरे । यो जितसंगै आर्मीले चौथो स्थानमा रहेर लिग सकाएको छ । आर्मीले २५ अंक जोडेको छ । मच्छिन्द्र ७ अंक सहित १३औ स्थानमा छ ।

त्यस्तै आईतवारै भएको अर्को खेलमा तेस्रो स्थानमा रहँदै थ्री स्टारले पनि लिगको अन्त्य गरेको छ । लिग चरणको अन्तिम खेलमा हिमालयन शेर्पा क्लबलाई दुई शुन्य गोलअन्तरले पराजित गर्दै थ्री स्टार तेस्रो बनेको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जित्नैपर्ने खेलमा थ्री स्टारका लागि बुद्ध चेम्जोङ र रन्जन विष्टले गोल गरे । उपाधिको मुख्य दाबेदार मानिएको थ्री स्टार २६ अंक सहित तेस्रो स्थानमा रहेर लिग यात्रा अन्त्य ग¥यो ।

यता, हारसंगै हिमालयन शेर्पाको शीर्ष ६ भित्र पर्ने सम्भावना समाप्त भएको छ । हिमालयन शेर्पाले १७ अंक सहित लिगको सातौ स्थानमा रहेर प्रतियोगिताको अन्त्य ग¥यो । लिगको १३औं अर्थात अन्तिम चरणका खेल चलिरहँदा मनाङ मसर््याङ्दी क्लबले उपाधी जितिसकेको छ भने संकटा क्लब लिग उपविजेता बनि सकेको छ ।