डडेल्धुरामा नौ दिनको अन्तरालमै चार पटक आगलागी, आशंकामा एक युवक पक्राउ

डडेल्धुरामा नौ दिनको अन्तरालमै चार पटक आगलागी, आशंकामा एक युवक पक्राउ
सोमवार, पुस २३, २०७५

डडेल्धुरा । डडेल्धुराको सदरमुकाममा नौ दिनको अन्तरालमा चार स्थानमा भिषण आगलागी भए र अधिकांश आगलागी मध्यराती भएका छन् ।

बजार तथा बाक्लो बस्तिमा श्रृंखलाबद्ध रुपमा आगलागी हुन थालेपछि स्थानीयले आगलागीका घटना प्रति नै शंका गर्न थालेका छन् । गत शुक्रवार डंडेल्धुराको बागबजार स्थित् लक्ष्मी किराना पसलमा आगलागी भयो । लगत्तै बुुधवार पुनः डडेल्लधुरा कै एक खोकामा मध्यराती आगलागी भयो । त्यसको १२ घण्टा नबित्दै विहीवार बागबजार मै भएको आगलागीमा तिन वटा पसल जले ।

बागबजारमा भएको आगलागीको कारण पत्ता नलाग्दै पुनः आईतवार बेलुकी अमरगढीस्थित बसपार्कमा आगलागी हुँदा ९ वटा पसल जलेर नष्ट भएका छन् । राति १२ बजे आगलागी हुँदा ९ वटा पसल पूर्ण रुपमा जलेको जिल्ला प्रहरीका कार्यालय, डडेल्धुराले जनाएको छ । यसरी बजार क्षेत्रमा आगलागीको क्रम दिनदिनै दोहोरिन थालेपछि स्थानिय शसंकीत् बन्न थालेका छन् । नौ दिनकोे अवधीमा भएका चार वटै आगलागी अमरगढी नगरपालिकाको दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा नियन्त्रमा लिइएको थियो ।

बुधवार र एक साता पहिले २ वटा पसलमा आगलागी हुँदा करिब २७ लाख बराबरको क्षति भएको थियो भने विहीवार र आईतवारको घटनाको क्षतीको पूर्ण विवरण अझै आइसकेको छैन । जिल्ला सदरमुकाम बागबजारमा लगातार आगलागी भएको घटनालाई अमरगढी नगरपालीकाले पनि शंकास्पद भनेको छ र सर्वपक्षीय बैठकबाट छानविन समिती बनाइएको छ ।

विहीवार बागबजार स्थीत बगरवाटामा करीव ११ बजेर ४० मिनेट जादा भएको अगलागीमा ३ पसल जलेर पुर्ण रुपमा नष्ट भए् । यो बीचमा भएका आगलागीले ५ वटा पसल जल्दा करिब ८७ लाख बराबरको क्षति भएकोमा आईतवारको घटनाको विस्तृत विवरण आइसकेको छैन । तर आगलागीको कारण खुल्न सकेको छैन ।

जिल्ला प्रशासन कार्यालाय डडेल्धुराले पनि आगलागीका बिषयमा छानवीन भईरहेको र अहिलेसम्म उपलव्ध साधन र श्रोत परिचालन गरेर मानविय क्षती हुन नदिएको जनाएको छ । अनुसन्धान कै क्रममा प्रहरीले पसलमा आगो लगाएको आशंकामा एक युवकलाई पक्रेको छ ।

सुख्खा मौसमका बेला देशभरी नै आगलागीका घटना बढी रहेका छन् र जाडो छल्न प्रयोग गरिने विकल्पहरु धेरै आगलागीका कारण बनेका छन् । तर डडेल्धुरा सदरमुकाममा किन रातको समयमा अकस्मात आगलागी हुन्छ भन्ने प्रश्नले स्थानीय व्यापारी तथा सर्वसाधारणलाई भने शसंकीत बनाएको छ ।