चिसोले जम्दै तालतलैया !

 चिसोले जम्दै तालतलैया !
मङ्लबार, पुस २४, २०७५

काठमाडौं । हिमाली जिल्ला मुस्ताङमा अत्यधिक चिसोका कारण तालतलैया समेत जम्न थालेका छन् । आइतबार रातिदेखि सुरु भएको हिमपातका कारण मुस्ताङमा दिउँसोको तापक्रम पनि माइनस १ डिग्रीमा झरेको छ ।

सदरमुकाम जोमसोम आसपासका डाँडा र खोँच हिमपातले सेताम्य बनेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत तुलसी दाहालका अनुसार तालको पानी समेत जम्ने गरी चिसो बढेको र बिहानको तापक्रम माइनस ७ डिग्रीसम्म पुग्ने गरेको छ ।