महिला टी–२० स्मास क्रिकेट : नेपालको दोस्रो जित, मलेशिया ६ विकेटले पराजित

महिला टी–२० स्मास क्रिकेट : नेपालको दोस्रो जित, मलेशिया ६ विकेटले पराजित
आइतवार, पुस २९, २०७५

थाईल्याण्डमा जारी स्मास महिला टी–२० क्रिकेट प्रतियोगीतामा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।

पहिलो खेलमा हिजो चीनलाई १० विकेटले पराजित गरेको नेपालले आफ्नो खेलमा आज मलेसियालाई ६ विकेटले पराजित ग¥यो । बैंककस्थित ट्रायथाई क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले १९ दशमलब ३ ओभरमा ६१ रनमा अलआउट भएको थियो ।

मलेसियाले दिएको ६२ रनको मध्यम लक्ष्य नेपालले २२ बल बाँकी छँदै ४ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा रोमा थापाले नटआउट २० रन बनाईन् भने सीता राना मगरले १६ रनको योगदान गरिन् । जितसँगै नेपालले अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाएको छ ।

१० टोली सहभागी प्रतियोगिताको समुह एमा रहेको नेपालले भोली यूएई र समुहचरणको अन्तिम खेलमा बुधबार आयोजक थाईल्याण्डको ए टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।