अमेरिकी राष्ट्रपतिमा कमलाको उम्मेद्वारी

अमेरिकी राष्ट्रपतिमा कमलाको उम्मेद्वारी
मङ्लबार, माघ ८, २०७५

काठमाडौं । अमेरिकी सिनेटर कमला ह्यारिसले राष्ट्रपतिका लागि उम्मेद्वारी दिने घोषणा गरेकी छिन् । राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्नेहरुको भिडमा सिनेटर कमला ह्यारिसले पनि उम्मेदवारी घोषणा गरेकी हुन । अमेरिकी मुल्य मान्यताका लागि र आगामी दिनमा अमेरिका आफैँमा भर पर्नु पर्छ भन्ने पक्षमा उभिंदै आफूले राष्ट्रपतिका लागि उम्मेद्वारी घोषणा गरेको उनले बताएकी छिन् । सान फ्रान्सीस्कोका लागि २००४ देखि २०११ सम्म दुई कार्यकाल जिल्ला प्रतिनिधि रहिसकेकी उनी दुई पटक क्यालिफोर्नियाको आम निर्वाचनमा पनि निर्वाचित भएकी थिइन ।

अमेरिकाको अत्यधिक जनसंख्या रहेको यस राज्यमा उनी कानुन कार्यान्वयन प्रमुख अधिकृत बन्ने पहिलो महिला मात्र नभई पहिलो अश्वेत नागरिक पनि हुन् । उनी भारतीय तामिल समुदायकी छोरी हुन । अमेरिकाको इतिहासमा उनी दोस्रो अश्वेत महिला सिनेटर हुन । पहिलो अश्वेत महिला सिनेटर कारोल मोसेलेय ब्राउन थिइन । अमेरिकामा झण्डै २२ महिना पछि सन् २०२० मा राष्ट्रपतीय निर्वाचन हुन लागेको छ । त्यसका लागि अन्य नेताहरुले पनि उम्मेद्वारी घोषणा गरेका छन् भने उम्मेद्वारी घोषणा गर्ने क्रम चलिरहेको छ ।