लमजुङको पर्यटकीय स्थल घलेगाँउमा बाक्लो हिमपात (फोटोफिचर)

लमजुङको पर्यटकीय स्थल घलेगाँउमा बाक्लो हिमपात (फोटोफिचर)
शनिबार, माघ २६, २०७५

लमजुङ । लमजुङका स्थानीयलाई हिउँ खेल्न कि त मनाङ पुग्नुपर्छ कि दामन । तर, यसबर्ष सार्क राष्ट्रकै नमुना गाउँको रुपमा परिचित घलेगाउँमा हिउँ परेपछि हिउँ खेल्न पर्यटकको घुइचो लागेको छ । बर्षौ पछि हिउँ परेकाले प्रत्यक्ष रुपमा हिउँ खेल्न पाउँदा उनिहरु हर्षीत भएका छन् ।

बर्षौ पछि एक्कासी हिमपात भएपछि घलेगाउँको जनजीवन पुरै प्रभावित भएको छ । एक फिट बराबरको हिउँ परेपछि घलेगाउँको पुरै भुभाग सेताम्मे भएका छन् । हिमपातसँगै चिसो अत्याधिक बढेको छ । चिसोका कारण बालबालिका र बृद्धबृद्धा बढी प्रभावित भएका छन् । तर, हिउँले बालिनाली सप्रिने तथा पर्यटक समेत बढेपछि स्थानीय भने दंग छन ।

चिसोको प्रवाह नगरी घलेगाउँमा हिउँ खेल्न विभिन्न जिल्लाबाट पर्यटकहरु पुगेका हुन् । सुख्खा जमिनमा हिमबर्षा हुँदा सिंचाई पुग्नुका साथै जडिबुटी समेत उम्रने स्थानीयहरु बताउछन । लमजुङमा घलेगाउँ सहित, पर्यटकीय गाउँ घनपोखरा र सिउँरुङ लगायतका स्थानमा समेत हिउँ परेको छ ।