स्पेनिस ला लिगा : रियल मड्रिडद्धारा लेभान्टे पराजीत

स्पेनिस ला लिगा : रियल मड्रिडद्धारा लेभान्टे पराजीत
सोमवार, फाल्गुन १३, २०७५

काठमाडौँ, स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लेभान्टेलाई दुई-एक गोल अन्तरले पराजीत गरेको छ । आईतबार राति भएको खेलमा रियलको जितमा करिम बेन्जिमा र ग्यारेथ बेलले पेनाल्टीमा गोल गरे। बेन्जिमाले ४३औ मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाए । त्यसपछि ६०औ मिनेटमा घरेलु टोली रोजर मार्टिले बराबरी गोल फर्काए । डि बक्सभित्र क्यासमिरोलाई लडाएपछि रियलले ७८औ मिनेटमा पेनाल्टीको अवसर पाएको थियो । यो जितसंगै रियलले शीर्ष स्थानको बार्सिलोनासंगको अंक दुरी ९ मा झारेको छ । बार्सिलोनाको २५ खेलबाट ५७ अंक छ भने रियल ४८ अंक सहित तेस्रो स्थानमा छ ।