बी डिभिजन लिगको उपाधि आरसीटीलाई

बी डिभिजन लिगको उपाधि आरसीटीलाई
मङ्लबार, फाल्गुन २१, २०७५

काठमाडौं । रानीपोखरी कर्नर टिम (आरसीटी) ले सहिद स्मारक ’बी’ डिभिजन लिगको उपाधि जितेको छ । आज सम्पन्न सुपर लिगको अन्तिम खेलमा श्री भगवती क्लबलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै आरसीटीले उपाधि जितेको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आरसीटीलाई जित दिलाउन लोकेन्द्रबहादुर कार्कीले निर्णायक गोल गरेका थिए । खेलको २५औं मिनेटमा लोकेन्द्रले हेड गोल गरेका थिए । उपाधिसंगै आरसीटीले ८ लाख नगद प्राप्त गरेको छ ।

उपविजेता श्री भगवतीले ५ लाख रुपैयाँ प्राप्त गर्यो । बी’ डिभिजन च्याम्पियन भएपनि आरसीटी ’ए’ डिभिजनमा बढुवा भएको छैन । एन्फाले ’बी’ डिभिजन लिग रेलिगेशन बिना गराएका कारण आरसिटी लिग बिजेता भए पनि बढुवा हुन नसकको हो ।

लिग अन्तर्गत नै तेस्रो स्थानका लागि अहिले टुसाल युथ क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा भैरहेको छ । यो प्रतियोगिता सकिए पछि एन्फाले लिग बिजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गर्ने छ ।